Menu

आजको तस्वीर : यसरी गरियो १० लाई बिदाई !

बागलुङ २०७४ फागुन २५ । जिल्लाका विभिन्न माध्यमिक बिद्यालयहरुमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रम जारी रहेको छ । कक्षा १० को पढाई सकेर एसइइ (secondary-education-examination)परीक्षाका लागी बिद्यालयबाट जान लागेका छात्र छात्राहरुलाई बिद्यालय र कक्षा ९ का बिद्यार्थीहरुले बिदाई गर्ने प्रचलन रहेको छ ।

यसै क्रममा आज फागुन २५ गते शुक्रबार बिद्यामन्दिर (उच्च) माध्यमिक बिद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई एक समारोहका वीच बिदाई गरिएको छ । कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाई आज बिद्यालयमा आयोजित एक कार्यक्रमका वीच बिदाई गरेका हुन् ।

सो अवसरमा प्रधानाध्यापक जगन्नाथ आचार्य, शिक्षकहरु छविलाल रेग्मी, थानेन्द्र गौतम, नवराज जैसी र शान्तमणि ढकाल लगायत कक्षा ९ का छात्राहरुले बिदाई भएर जाँदै गरेका कक्षा १० का बिद्यार्थीहरुलाई टीका, खादा र डाएरी दिएर बिदाई गरेका थिए । बिदाई कार्यक्रम कक्षा ९ की छात्रा ममता भण्डारीले सन्चालन गरेकी थिईन ।

श्रृंगार सहित साडी र लेहंगा पहिरनमा सजिएर बिद्यालय पुगेका छात्राहरुलाई देखेर छरछिमेकीहरुले बिद्यालयमा सुन्दरी प्रतियोगिता/फोटो सेशन हुन लागेको आभाष मिलेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *