Menu

पार्किङ स्थलबाट स्कुटर चोरी गर्ने पक्राउ

काठमाडौँ,२०७४ फागुन २५ । पार्किङ स्थलहरुमा राखेको स्कुटरहरुमा नक्कली साँचो प्रयोग गरी स्कुटर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे धुलिखेल नगरपालिका–५ घर भएका १८ बर्षीय दिपक लामा, काठमाडौँ महानगरपालिका–१९ मरुहिटी बस्ने २० बर्षीय रोशन जोशी र सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भएका १८ बर्षीय सुसान आले मगर रहेका छन् ।

उनीहरुले उपत्यकाका बिभिन्न स्थानमा पार्किङ गरी राखेका स्कुटरहरुमा नक्कली साँचो प्रयोग गरी स्कुटर चोरी गरेको सुचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले विहीबार पचली मन्दिर परिसर अगाडीबाट उनीहरुलाई स्कुटर चोरी गरी लिएर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनीहरुले बुधबार बेलुका वसन्तपुरमा पुजा श्रेष्ठले पार्किङ गरी राखेको ग।५प १९१७ नम्बरको स्कुटर चोरी गरी लगेको व्रश।ीदे जनाएको छ ।

प्रहरीले उनीहरुबाट बा।५३ प ३३९१,ग।५ प १९१७ र बा।५३ प ३६२५ नम्वरको स्कुटर र स्कुटर चोरी गर्न प्रयोग गर्ने साचो १ थान समेत बरामद गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *