बिहानी सहकारी महिला सदस्यलाई प्याड तालिम

बागलुङ, २०७४ फागुन२५ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले बरेङ गाउँपालिका वडा नं. २ मा रहेको बिहानी बहुउद्दश्यीय सहकारी संस्थाका महिला शेयर सदस्यहरुलाई सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको छ ।

महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड घरमै बनाएर प्रयोग गरी र खर्च कटौती गरी बचत गर्ने बानी बसाल्न तालिम दिइएको संंस्थाले जनाएको छ ।

घरमा खेर गैरहेका कपडाबाट प्याड बनाउन सकिने र उक्त प्याड स्वास्थ्यका हिसावले लाभदायी तथा कम खर्चिलो हुने भएकाले यो तालिम महिलाहरुका लागि प्रभावकारी हुने भएकाले संस्थाले विगत ३ वर्षदेखि यो तालिम सञ्चालन गर्दै आएको छ ।

तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरेर आयआर्जनमा वृद्धि गरी वचत गर्नका लागि सहज हुने भएकाले यो तालिम महिलाहरुका लागि उपयोगी भएको सहभागीहरुले बताएका छन् ।

महिनावारी भएको समयमा महिलाहरुले बजारबाट खरिद गरेको प्याड बढी प्रयोग गर्दा दिर्घकालमा स्वास्थमा असर पर्न सक्ने भन्दै कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गराउनमा महिलाहरुलाई प्याड बनाउने तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।
बिहानी बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना महिला शेयर सदस्यहरुलाई एक दिने प्याड बनाउने तालिम प्रदान गरिएको हो । तालिम लिएका महिलाहरुले संस्थामा आवद्ध सबै महिला सदस्यहरुलाई यो तालिम प्रदान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष पूर्णबहादुर पुनले बताईन ।

तालिममा प्याड सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले महिलाहरुलाई आत्मनिर्भर हुनका लागि सीप आवश्यक रहेको बताईन ।

महिलाहरु श्रम गर्न सक्छन्, श्रमबाट बढी पैसा आम्दानी हुदैन, उनीहरुको श्रमलाई सीपमा परिणत गरिदिने हो भने महिलाहरु आत्मनिर्भर बन्ने भएकाले यस्ता सिपको प्रभावकारिता रहेको उनको भनाई थियो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक शान्ति श्रेष्ठ, लेखा समितिका सदस्य सरस्वती खड्का परियार, बिहानी बहुद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य कमला थापा, धनमाया गुरुङ लगायतले तालिमको प्रभावकारिताका बारेमा बालेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *