Menu

साताका तस्वीर : बुर्तिवाङमा महिला दिवस !

शव्द/चित्र: झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २५ । मे ८ तारीख अर्थात हिँजो फागुन २४ गते विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाईएको छ । नेपालका विभिन्न जिल्लाहरुमा पनि यस अन्तर्राष्ट्रिय महिला दिवसलाई धुमधामसंग मनाईएको छ । जिल्ला सदरमुकामहरुमा मात्र नभएर महिला दिवस विभिन्न पालिकाहरुमा रहेका महिला आवद्ध संघ, संस्था र संगठनहरुले विविध कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् । कार्यक्रमहरुमा महिलाहरुको सहभागित उल्लेख्य रहेको थियो ।

यसैवीच बुर्तिवाङ बजारमा ढोरपाटन नगरपालिकाव्दारा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस समारोहको उत्तरार्धमा देखिएको सांगीतिक प्रस्तुतिले त बुर्तिवाङ बजार नै उचालिएको अनुभूति दिलाएको थियो ।

महिला दिवसका परपाहुनाहरुसहित विभिन्न समुहका महिलाहरुको सामुहिक साँस्कृतिक प्रस्तुती राति ८ बजे भन्दा बढी समय सम्म चलिरहँदा बुर्तिवाङको वातावरण मनोरन्जमय बनेको थियो । विशाल जनसमुहको समुपस्थितिमा गरिएको सांगीतिक प्रस्तुति निकै लोभलाग्दो भएको दर्शकहरुको ठम्याई थियो ।

प्रस्तुत छ, बुर्तिवाङ बजारको बसपार्कमा भएको सांगीतिक प्रस्तुतिको केहि झलक:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *