Menu

जनजागृती आमा समुह बोहोराफाँटद्वारा बिबिध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ फागुन २५ । नारी दिबसको अबसरमा बेसिमा सास्कृतिक कार्यक्रम आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नाराका साथ जनजागृती आमा समुह गलकोट नगरपालिका बडा नम्बर ३ बोहोराफाँट बेसी टोलले बिबिध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

ब्रह्मा कुमारी इश्बरीय बिश्ब बिद्यालयकी लक्ष्मी दिदीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पुर्ब अध्यक्ष डिल कुमारी बोहोरा, पूर्ब सचिब गँगा बोहोरा, बिष्णु कडेल, जीबन ज्यति आधारभुत बिद्यालयका प्रधानाध्यापक भगबान बाहोरा, समुहकी कोषाध्यक्ष माया चालीसे लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नारी दिबसको अबसरमा आयोजित कार्यक्रममा आमासमुहको लोकगीत तथा नृत्य प्रतियोगितामा, आयोजक प्रथम, बोहोराफाटँ आमा समुह ग्रुप बि दितिय र् खड्का कालीका आमा समुह बासखोला तृतिय भएको छ ।

कार्यक्रममा सहभागि ८ समुहलाई नै सान्त्बना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

एकल नृत्य प्रतियोगितामा ज्ञानु शर्मा प्रथम, सुस्मीता बोहोरा दितिय र सिता बोहोरा तृतिय भएको बताइएकेृा छ ।

त्यस्तै महिला कुसिदौड प्रतियोगितामा लक्ष्मी बिक प्रथम, मसिना बाहोरा दितिय र रमा शर्मा तृतिय भएका छन्। कार्यक्रममा ज्येष्ट महिला गलकोट नगरपालिका बडा नम्बर ३ निबासी तुलसि बोहोरालाई सम्मान् गरिएको थियो । उक्त अबसरमा कार्यक्रम सञ्चालन गर्न तथा आमा समुहलाई सहयोग गर्ने सहयोग दाता प्रेम बहादुर बस्नेत,दिपक बाहोरा गोखार्म बहादुर बस्नेत, छमसिंह खड्का,जग्गादाता छम प्रसाद शर्मा, वीर बहादुर बोहोरा, कमल खड्का दुर्गादत्त शर्मा, रन बहादुर बस्नेत लगाएत करिब ४० जनालाई सम्मान गरिएको थियो ।

२०५८ साल भाद्र ७ गते देखी सञ्चालन भएको समुहले यस बर्ष नारी दिबसको अबसरमा औपचारिक कार्यक्रम सञ्चालन गरेको समुहकी कोषाध्यक्ष माया चालिसेले जानकारी दिर्यन ।

कार्यक्रम जनजागृती आमा समुहकी अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता, सदस्य देबी बोहोरा स्बागत सचिब सुन्तली कुबर बोहोरा सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *