Menu

बरेङ हुग्दीशिरको घट्टमा आदर्श सञ्चारको सहकारी सचेतना कार्यक्रम सम्पन्न

बागलुङ, बरेङ २०७४ फागुन २५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरको घट्टमा एक दिने सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङका दशवटै स्थानीय तहमा कार्यालय सञ्चालन गरी सूचना तथा सञ्चार र सहकारी क्षेत्रका काम गर्ने लक्ष्यका साथ संस्थाले बरेङ गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत सञ्चार र आर्थिक विकास भन्ने लक्ष्यका साथ स्थापित आदर्श सञ्चार सहकारीले आगामी आर्थिक वर्षभित्र जिल्लाका दश वटै स्थानीय तहमा कार्यालय सञ्चालन गर्ने बताए ।

पहिलो चरणमा बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कार्यालय सञ्चालन गर्ने तयारी गरिएको जीसीले जनाकारी दिए ।

सहकारीलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सक्रियता आवश्यक पर्ने भएकाले सदस्यहरुलाई सहकारी सम्बन्धी सचेतना आवश्यक रहेको भन्दै उनले सहकारीमार्फत व्यक्तिको समग्र विकासका लागि सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रमका सहभागीहरुल्े बरेङ गाउँपालिकामा तत्काल कार्यालय स्थापना गरी सञ्चार र आर्थिक क्रियाकलाप गर्न भन्दै त्यसका लागि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, सहसचिव ललिता थापाको स्वागत र शिक्षा उपसमितिका संयोजक थानेन्द्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *