७ गाविसका महिलालाई ७ दिने आधारभूत तालिम !

महेन्द्र केसी, पर्वत २०७३ माघ २९ । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई सात दिने तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजनामा जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाई आधारभूत तालिम दिन लागिएको हो ।

आधारभूत तथा महिला विकास सम्बन्धीको उक्त तालिम शुक्रबारदेखि शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय बाट प्रर्वद्धित महिला समुह तथा वार्ड समितिका सदस्यहरुका लागि उक्त तालिमा संचालन गरिएको तालिम आयोजक महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ ।

महिला समिति संस्था हाम्रो पहिचान महिला सशक्त बनाउन हाम्रो अभियान भन्ने नारा सहित महिला महिक्तकरणको प्रारम्भिकक प्रशिक्षण स्वरुप यो तालिम संचालन गरिएको हो आयोजकले जनाएको छ ।

तालिममामा मुख्यतया महिला विकास कार्यक्रम, समुह गतिसिलता, समुह कार्य, बचत के किन कसरी रु समुह सहजीकरण र संस्थागत विकास , नेतृत्व के कसरी र शैलीहरु, संचार र संचार सीपहरु, लैंगिकता, नेपाली महिलाको वर्तमान अवस्था, लैंगिक भूमिका परिवर्तन,प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, एचआइभी ÷एड्स, घरेलु हिंसा, बालअधिकार, मानब बेचबिखन अपराध नियन्त्रण, ग्रामिण व्यवसाय, महिला सशक्तीकरणमा समुह सदस्यको अभिकार्य जस्ता विषयमा प्रशिक्षण हुने महिला तथा बालबालिका कार्यालय पर्वत की कार्यालय प्रमुख तारा सुनुवारले बताइन् ।

तालिमका सहजिकरण महिला तथा बालबालिका कार्यालय र सरोकारवालाहरु सरकारी तथा गैर सरकारी कार्यालयहरु संगको समन्वयमा हुने आयोजकले जनाएको छ । एक हप्तासम्म संचालन हुने उक्त कार्यक्रममा खरौखोला गाविस बाट २ जना, देउराली गाविसका ६ जना, क्याङ गाविसका ९ जना, कार्कीनेटा गाविस बाट १ ,पिपलटारी कुनपा १६ का ५, फलामखानी गाविसका ५ ,र नाङलीवाङ गाविसका ३ जना गरी ३१ जना कार्यक्रममा सहभागी रहेका छन् । महिला तथा बालबालिका कार्यालयको आयोजनामा भएको उक्त आधारभूत तालिम एक हप्तासम्म चल्नेछ । पहिलो दिनमा सहजीकरण निमित्त प्रमुख तारा सुनुवार र मिहला विकास निरीक्षक बेलकुमारी परियार ले सहजीकरणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *