Menu

समाजमा हुने महिला हिंसाका घटना लुकाएर नराखी त्यसका विरुद्धमा लाग्न सांसद रानाको आग्रह !

खेमराज अर्याल, बुर्तिवाङ २०७४ फागुन २५ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा फागुन २४ गते १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ । प्र्राप्त उपलब्धीको रक्षा गरौँ समान अधिकारका लागी अघि बढौ भन्ने नारा सहित ढोरपाटन नगरपालिकाको आयोजनामा उपप्रमुख करमती पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रदेश सभा सदस्य सावित्रा रानाले उद्घाट्न गरेकी थिईन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सांसद रानाले नारी र पुरुष एकै रथका दुइपांग्रा भएको बताउदै हरेक क्षेत्रमा सफल हुनका लागी महिला र पुरुष एक भएर अघि बढ्नुपर्ने बताईन । उनले समाजमा रहेका महिला हिंसाका घट्ना लुकाएर राख्न नहुने र त्यसका विरुद्धमा लाग्नुपर्ने उल्लेख गरिन् ।

महिलालाई आरक्षणमा मात्र सीमित नगराएर खुला प्रतिस्पर्धाबाट अघि बढ्न सक्ने अवस्था सिर्जना गरी महिलाहरु चुलोचौकोमा मात्र सीमित नरहेर शिक्षाको पहुँचमा पुग्दै युग अनुसार परिवर्तन हुनुपर्ने रानाको सल्लाह थियो ।

समाजमा सदियौँदेखी रह आएको लैंगिक विभेद अन्त्यका लागी समाजमा चेतनाको विकास सँगै बनेको कानुनको कायाँन्वयनको आवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफुले महिला हकहितका लागी काम गर्दै आएको बताउदै आउने दिनमा पनि महिला हकहितका लागी काम गर्ने बताए । नगरप्रमुख नेपालीले आत्मनिर्भरताका लागी महिलाहरु उद्यमशील बन्नुपर्ने बताए ।

कार्यक्रममा महिलाको क्षेत्रमा क्रियाशील दिलमाया पौवी, महिला अधिकारकर्मी माया आर्र्चय दुर्गादेवी घर्ती ढोरपाटन नगरपालिकाका प्रवक्ता दिपक थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना , सम्पुर्ण वडाका वडाध्यक्षहरु वडा सदस्य ,कार्यपालीका सदस्य राजनीतीक दलका प्रतिनीधी , महिला अधिकारकर्मी , स्थानीय समाजसेबी बुद्धिजीबी कलाकार ज्येष्ठ नागरीक , अपाङ्गता भएका ब्यक्ती तथा सञ्चारकर्मी लगायतको उपस्थीती रहेको थियो ।

दिवसको अबसरमा महिला अधिकार सम्बन्धी गीत तथा नृत्य प्रतियोगिता, ७५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र उत्तरगंगा मावि बुर्तिबाङमा अवस्थित विशेष कक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई फलफुल वितरण गरिएका थियो ।

यस्तै महिला अधिकार सम्बन्धी गीत तथा नृत्य प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । जसमा रिभरहेड ईन्टरनेश्नल एकेडेमी प्रथम , जनता सेकेण्डरी ईङलीस बोर्डीङ स्कुल व्दितीय , न्यु मोर्डन एकेडेमी तिर्तीय भएको छ । बिजयी प्रतियोगी लगायत प्रतियोगी सम्पुर्ण समुहलाई सान्तवना पुरस्कार बितरण गरीएको थियो ।

सोही अबसरमा उत्तरगंगा माध्यमीक बिद्यालयले महिला हिसांमा आधारित नाटक समेत प्रस्तुत गरेको थियो भने लोकदोहोरी गायक तथा सञ्चारकर्मी खगेन्द्र बिश्वकर्मा लगायत स्थानीय कलाकारले प्रस्तुती दिएका थिए ।

ढोरपाटन नगरपालीका वडा नं ४ का कार्यबाहक अध्यक्ष तथा कार्यपालीका सदस्य कमला छबिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी झरना कंडेल र मीनु बिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *