Menu

गल्कोटमा महिला दिवस : राज्यका हरेक निकायमा महिलाको पहुँच आवश्यक – उपप्रमुख काउचा

घनश्याम गौतम, २०७४ फागुन २४ । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नाराका साथ आज १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा प्राप्ती महिला सञ्जाल गलकोट नगरपालिका बडा नम्बर ४ ले नारी सचेतना सम्बन्धी बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा मगरले नेतृत्वले मात्र नभए्र सबै महिलाले आफ्नो जीवन स्तर बृद्धि गर्नुपर्ने बताईन् । उनले राज्यका हरेक निकायमा महिलाको पहुँच हुनपर्नेमा जोड दिईन् ।

कार्यक्रमका अबसरमा बडा नम्बर ४ भित्रका आमा समुहका लोकगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको सञ्जालले जनाएको छ । कार्यक्रममा ११ समुहको सहभागिता रहेकोमा भुमिस्थान आमा समुह प्रथम, टोल सुधार आमा समुह दित्तिय र शिवालय आमा समुह तृतिय भएका छन् ।

त्यस्तै निमाबि स्तरिय बक्तृत्वकला प्रतियोगितामा महेन्द्र माबिकी समिक्षा पौडेल प्रथम, ग्लडेन फ्युचर बोडिङ स्कुलकी करिस्मा भण्डारी दित्तिय र खरुबा माबिका स्बतिका गैरे तृतिय भएको सञ्जालले जनाएको छ ।

कार्यक्रममा गलकोट नगर कार्य समिति सदस्य शिब खत्री निलुबा प्रर्यटकीय प्रबर्धन केन्द्रका अध्यक्ष ओमकार सुबेदी, प्राप्ती महिला सञ्जालका सल्लाहाकार चुडामणि शर्मा, बजार एकता आमा समुह गनपा ३ की सचिब लक्ष्मी खड्का र खरुबा माबिका हेमराज गैरे लगाएतले मन्तव्य दिएका थिए ।
कार्यक्रम सञ्जालकी अध्यक्ष रश्मिी शर्मा गैरेको अध्यक्षता, सदस्य खिमा भण्डारीको स्वागत तथा सचिब उमा न्योपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा महिला जागरण केन्द्र हटियाले गल्कोट नगरपालिका बडा नम्बर ३ भित्रको आमा समुहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कोटमैदान आमा समुह, खसगाँउ प्रथम, हटिया उपल्लोबजार आमा समुह दित्तिय, मिलन आमा समुह सेरा तृतिय भएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा अगुबा महिला तथा समाजसेवी डिल कुमारी खत्रीले महिलाहरुले आफ्नो ज्ञान सिप र क्षमताको बिकास गर्नुपर्नेमा जोड दिएकी थिईन् । महिलाहरुले एक दिन मात्रै अधिकारको कुरा गदैंमा अधिकार प्राप्त नहुने बताउदैं महिलाले पहिले आफ्नो जिम्मेबारी पुरा गर्नुपर्ने महिला जागरण केन्द्र हटियाकी अध्यक्ष मञ्जु शर्मा चालिसेका भनाई थियो ।

उनले महिलाले आफ्नो ज्ञान सिप र क्षमताको बिकास गरेमा नेतृत्व गर्ने अबसर तथा अधिकार प्राप्तीको आन्दोलन सफल हुने दाबी गरिन ।
कार्यक्रमको अबसरमा महिलाको हक हित, अधिकार लगाएतका बिषयमा गलकोट नगरपालिका बडा नम्बर ३ को हटिया बजार ¥याली सहित परिक्रममा गरिएको थियो । कार्यक्रमको अबसरमा जनप्रतिनिधी तुलसी परियार, रत्नकली अधिकारी, बजार एकता आमा समुह हटियाकी अध्यक्ष दुर्गा खड्का, मिलन आमा अध्यक्ष कौशिला घर्ति, ध्ुास्तुङ आमा समुह सदस्य माया साहानी, महिला जागरण केन्द्रका सदस्यहरु बिजुली श्रेष्ठ अमृता, सरस्बती कार्कि मिना चोखाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम महिला जागरण केन्द्र हटिया की अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता,उपाध्यक्ष कमला गौतमको स्बागत तथा सचिब कल्पना गौतम र सहसचिब गगाँ खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी ग्रामिण महिला आत्मनिर्भर समाज गलकोट नगरपालिका वडा नम्बर ८ काडेवासले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

काडेबास सेरा समाज जापानका निबर्तमान अध्यक्ष नरिनारयण कडँेलको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ८का कार्यबाहक अध्यक्ष घनश्याम चालिसे, बडा सदस्य डिलकुमारी सुनार, राजनैतिक दलको तर्फबाट नेकपा एमालेका नरहरी घिमिरे, नेपाली कांग्रेसका ढालेन्द्र गौतम, राजमोका भिम बहादुर शेरचन, निउरे युबा कल्बका घनश्याम चालिसे, शिब माबि ब्यबस्थापन समिती अध्यक्ष अर्जुनदत्त कडेल, साबित्री गौतम, तुलाराम चालिसे,बिष्णुकमारी गौतम पुर्णकला उपाध्याय, सुशिला गौतम चालीसे, यम कुमारी चालीसे, गिता सुनार लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम ग्रामिण महिला आत्मनिर्भर समाजकी अध्यक्ष रमा उपाध्यायको अध्यक्षता कोषध्यक्ष गोमा कडेलको स्बागत तथा सदस्य पार्बति पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस्तै अन्तराष्ट्रिय नारी दिवसको अबसरमा महिला सञ्जाल गल्कोट नगरपालिका बडा नम्बर २ नरेठाँटीले ३ दिने नेतृत्ब बिकास तथा उद्घोषण तालिमको सञ्चालन गरेको छ ।

महिलाहरुले हरेक बर्ष नारी दिवसको अबसरमा नारी पुरुष समान हुनुपर्ने, बर्तमान अबस्थामा अझै समान हुन नसकेको भन्दै बिभिन्न कोण सभा प्रभात फेरी कार्यक्रम तथा लोकगित तथा नृत्य प्रतियोगिता सञ्चालन गदैं आएको तर महिलाको ज्ञान तथा क्षमता अभिबृद्धि मुलक कार्यक्रम सञ्चालन नभएको हुदाँ यस बर्ष महिलाहरुको क्षमता बिकासमा कार्यक्रमको आयोजना गरेको सञ्जालले जनाएको छ ।

कार्यक्रममा गलकोट नगर कार्यपालिका सदस्य बिष्णु बिकले महिलालाई अधिकार दिएनन् भन्दा पनि क्षमता बिकास गरेर महिलालाई हरेक काममा अग्रसर हुने बाताबरण निर्माण गर्नुपर्ने बताए ।

समुह बिभाजन गरेर सञ्चालन गरिएको नेतृत्ब बिकास तथा उद्घोषण तालिमको सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले सहजिकरण गरेका थिए ।

कार्यक्रमले महिलाहरुलाई स्थानिय स्तरमा हुने कार्यक्रमको तालिका निर्माण गर्न, बैठक सञ्चालन गर्न, सार्बजनिक कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्श्यले सञ्चालन गरिएको बताइएको छ ।

कार्यक्रममा महिला सञ्जाल नरेठाँटीकी उपाध्यक्ष दुर्गा देबी थापा मगरले कार्यक्रमको आबश्यकता, उद्ेश्य लगाएतको बारेमा जनाकारि दिएकी थिईन।

कार्यक्रम महिला सञ्जाल नरेठाँटीका अध्यक्ष माया पाण्डेको अध्यक्षता, सदस्य दुर्गा भण्डारीको स्वागत तथा सदस्य जमुना पुनको सञ्चालनमा सम्पन्न भएको थियो । करिब ४५ जनाको सहभागिता रहेको कार्यक्रम फागनु २६ गते सम्म सञ्चालन हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *