पर्वत उवासंघको अध्यक्षमा गैर व्यवसायी विरुद्ध मेरो उम्मेदवारी : गोपी अधिकारी

महेन्द्र केसी, पर्वत २०७४ फागुन २४ । पर्वत उद्योग बाणिज्य संघको चैत्र ३ गते हुने निर्वाचनको लागि गोपी अधिकारीले उम्मेदवारी दिएका छन् । पर्वत उवासंघको बरिष्ठ उपाध्यक्ष समेत रहेका अधिकारीले व्यवसायीहरुको हक हित र गैर व्यवसायीकरण विरुद्ध आफ्नो उम्मेदवार दिने बताएका हुन् । उनले विहिबारदेखि आफ्नो समावेशी संयुक्त प्यानलनै खडा गरी प्रचारप्रसारमा लागेका छन् ।

अधिकारीले आफूले जितेमा जिल्लाको पर्यटन विकास र व्यवसायीहरुको हक हितको लागि लड्ने बताएका छन् । उनले उवासंघको विगतको नेतृत्व गैरजिम्मेवारी पूर्ण रुपमा अगाडि बढेको आरोप समेत लगाएका छन् ।

व्यवसायीहरुको हक अधिकारको लागि सवै व्यवसायीहरु गोलबद्ध हुनुपर्ने भन्दै बाउ बाजेको व्यवसायीको आडमा गैर व्यवसायीहरु नेतृत्व हत्याउने शुरुमा रहेको समेत संयुक्त प्यानलले निष्कर्ष निकालेको छ ।

विगतमा भएका सहमति सम्झौता र नैतिकलाइनै कुल्चेर केहि व्यक्तिहरु गैर जिम्मेवारीता पूर्व योग्यता नभइकन उम्मेदवारी दिन लागेको समेत संयुक्त प्यानलको आरोप छ ।

आफूहरु व्यसायीहरुको हकहितका पक्षमा भएका कारण आफूहरुले जित्नेमा संयुक्त प्यानल विश्वस्त रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *