पर्वतमा गोपी-नन्द स्मृति साहित्यिक पुरस्कारको स्थापना

महेन्द्र केसी, पर्वत २०७४ फागुन २४ । पर्वतमा गोपी नन्द स्मृति साहित्यिक पुरस्कारको स्थापना गरिएको छ । साहित्यकार इन्द्रकुमार जोशी (विकल्प)ले आफ्नो आमा निधन भएको १३ औं दिनको पुण्य तिथिमा ५० हजार बरबारको उक्त स्मृति साहित्यिक पुरस्कारको स्थापना गरेका हुन् । विकल्पकी आमा नन्द कुमारी जोशीको ८९ बर्षको उमेरमा यहि फागुन १२ गते निधन भएको थियो ।

इन्द्रकुमार विकल्प जोशी, लक्ष्मी कुमारी जोशी, शिशिरकुमार जोशी, सविना जोशीले उक्त अक्षयकोषको स्थापना गरेका हुन् । पर्वत साहित्य संङ्गमको मातहतमा रहनेगरी उक्त कोष स्थापना भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *