अन्तराष्ट्रिय महिला दिवसमा जैमिनीको कुस्मीसेरामा एकीकृत कार्यक्रम

कुस्मीसेरा २०७४ फागुन २४ । महिलाको क्षमता बिकास गाउँ गाउमा सहयोग गरिने प्रतिबद्धता सहित आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जिवनस्तरमा रुपान्तरण भन्ने मुल नाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस जैमिनी नगरपालिकाको संयोजन तथा सत्कर्म नेपाल र आमा मिलन केन्द्रको संयुक्त आयोजनामा कुश्मिशेरामा सम्पन्न भएकाृ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जैमिनी नगरपालिकाका उप प्रमुख लिला रानाले महिलाले गाउगाउमा सामाजिक क्षमता बिकास र सशक्तिकरण संगको महिला आर्थिक बिकास समेत हुने काम थाल्नु पर्ने बताउदै साझेदार सबै निकाय संग हातेमालो गर्नुपर्ने बताए । उनले आगामी दिनमा नवीन, रचनात्मक कार्यक्रम सहित महिला र लैंङ्गिक हिंसा बिरुद्द कार्यक्रम गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले गाउँ, गाउँ र वार्ड स्तरमां जैमिनीमा महिला हिंसा र महिला अधिकारको लागि कार्यक्रममा सहयोग गर्ने बताए ।

सत्कर्म नेपालका अभियन्ता एवं अधिकारकर्मी सिताराम थापाले अन्तराष्ट्रिय महिला दिवसको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर बिकास समितिको अध्यक्ष सकस केसी, वडाध्यक्ष अध्यक्ष भुपेन्द्र थापा, नगर कार्यपालिका सदस्य लाल बहादुर परियार, शिक्षा कार्यालय श्रोत ब्यक्ति, बिष्णु प्रसाद साप्कोटा, महिला अगुवाहरु खिमा थापा, लक्ष्मी शर्मा, पत्रकार सन्ध्या आचार्यले जैमिनि नगरपालिकामा महिलाहरुको क्षमता बिकास र नेतृत्वमा पहुच कमी रहेको बताएका थिए ।

सहभागि स्थानिय महिला सहभागिले श्रमिक महिला दिवसको गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको शभारम्भमा विभिन्न प्लेकार्ड, ब्यानर सहित जैमिनी कुश्मिशेरा नगरमा जुलुस परेदर्शन गरिएको थियो ।जैमिनी नगरपालिकाकी जेष्ठ कार्यपालिका महिला सदस्यको अध्यक्षता, स्वागत कार्यपालिका सदस्य डिल कुमारि श्रीस र संचालन आमा मिलन केन्द्रको अध्यक्ष ज्ञानु थापा मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *