पश्चिमाञ्चल महिला महोत्सव : एपीएफले उचाल्योे दिदिबहिनी कप !

महेन्द्र केसी, पर्वत २०७४ फागुन २४ । एपीएफले दोस्रो सावित्री कञ्चजंघा दिदी बहिनी राष्ट्रिय महिला भलिबलको उपाधी जितेको छ । फाइनलमा शिवम् न्यू डाइमण्डलाई हराउदै एपीएफले दोस्रो दिदी बहिनी कपको उपाधी उचालेकोे हो । एपीएफले २५–१७, १२–२५,२५–१६ र २५–११ को अन्तरले सजिलै जित निकालेको हो । विजेता एपीएफले नगद १ लाख हात पारेको छ भने उपविजेता बनेको शिवम् न्यू डाइमण्डले ६० हजारमा चित्त बुझाएको छ । न्यू डाइमण्ड गत बर्षको खेलमा एपीएफलाइनै हराउदै पहिलो बनेको थियो ।

आर्मी क्लबलाई हराउदै पुलिस क्लब तृतीय भएको छ । पुलिसले आर्मीलाई २५–२०, २२–२५, २५–२२, २५–११ अन्तरले हराउँदै जित निकालेको हो । तृतीय स्थानमा चित्त बुझाएको पुलिस क्बलले ४० हजार नगद प्राप्त गरेको छ ।

दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीकोे आठौं वार्षिकोत्सवको अबसरमा उक्त खेलको आयोजना गरिएको थियो । खेलमा ४ विभागीय टोली सहित, पश्चिमाञ्चल बलिबल संघ र आयोजक घरेलु टिम सहभागी रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *