गल्कोट सहश्रधारा झरनामा क्यानोनिङ खेल शुभारम्भ : वडाध्यक्ष भण्डारीले यसरी देखाए साहस !

गल्कोट २०७४ फागुन २४ । गल्कोट नगरपालिका ३ हटिया नजिक रहेको सहश्रधारा झरनामा आजबाट साहसिक क्यानोनिङ खेलको सफल परीक्षण सहित खेलको शुभारम्भ गरिएको छ । खेलको प्रमुख पात्र बनेका गल्कोट नगरपालिका वडा नं ३ का युवा अध्यक्ष वीरजंग भण्डारीले अत्यन्तै प्रशन्न मुद्रामा ईबागलुङसंग कुरागर्दै, साहसिक पर्यटनमा रुचि राख्ने आन्तरिक एवं बाह्य पर्यटकहरुकालागि सहश्रधारा झरना आकर्षक गन्तव्य बन्ने सुनिश्चित भएको बताए ।

क्यानोनिङ खेलको संभावयता अध्ययन एवं परीक्षणका पोखरा क्यानोनिङका रामबहादुर गुरुङ सहित ७ जनाको टोली हिँजै गल्कोट हटिया आएको थियो भने आज विहान क्यानोनिङ (छांगावरोहण) खेलको सफल परीक्षण गरिएको हो ।

आज शुभारम्भ गरिएको खेलमा वडाध्यक्ष भण्डारी स्वयं सहभागी भएर साहसको प्रदर्शन गरेका थिए भने उनी सँगै रबिन बोहोरा, शिव खत्री, प्रविण भण्डारी, सुर्य भण्डारी र ईन्जिनियर सुवास भण्डारीले आफ्नो साहस प्रदर्शन गर्ने अवसर पाएका थिए ।

गल्कोट नगरपालिका ३ को आयोजना तथा गल्कोट नगरपालिकाको सहकार्यमा क्यानोनिङ छागाॅवरोहणको आज सफल परिक्षण गरिएकोमा स्थानियवासी हर्षित देखिएका थिए ।


हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा सहस्र झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै जिल्लामै पहिलोपटक क्यानोनिङको सफल परीक्षण गरिएको अध्यक्ष भण्डारीले बताए ।


खेल अवलोकन पछि बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले यो खेलले गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने र आर्थिक विकासमा टेवा पुग्ने भन्दै सबैले यसलाई प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरेका थिए । सोहि अवसरमा पोखरा क्यानोनिङको टिमलाई फूल माला अविर र मायाको चिनो सहित विदाई गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *