Menu

गुल्मी नेटामा नारी दिवस सम्पन्न

माधब खरेल, गुल्मी २०७४ फागुन २४ । परिवर्तन महिला जागृती संस्था मुसिकोट नगरपालिका नेटा गुल्मीको आयोजनामा १०८औं नारी दिबसको अबसरमा प्रभागफेरी कार्यक्रम गरी सम्पन्न भएको छ ।

परिवर्तन महिला जागृती मुसिकोट नगरपालिका वडा न १ अध्यक्ष भोमा खरेलको सभापतितव रहेको कार्यक्रममा प्रत्रकार माधब खरेल विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि समाजसेबी बुद्धिजिवी लगायतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा मुसिकोट नगरपालिका मालिका गाउपालिका गरि करिब १०० जना महिलाको सहभागीता रहेको थियो ।

कार्यक्रमको अबसरमा परिवर्तन महिला जागृती अध्यक्षकी खरेलले बोल्दै अब महिलाहरु घरायसी काममा दिन नबिताउन र महिलाहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व हुने गरि अग्रसर हुन समेत आग्रह गरिन् ।

कार्यक्रमको सन्चालन्न सो सस्थाकी कोषाध्यक्ष चन्द्रकला घिमिरेले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *