प्रतिवद्धता–पत्र जारी गर्दै प्रथम महिला सम्मेलन सम्पन्न: आरक्षण हटाएर स्वस्थ प्रतिस्पर्धामा जानु जरुरी !

सुमन जि.सी, बागलुङ २०७४ फागुन २३ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजन तथा अञ्चल स्थित प्रारम्भीक सहकारी संस्थाहरुको आर्थिक सहयोगमा बुधवार बागलुङ बजारमा आयोजित प्रथम महिला सम्मेलन ९ बुँदे बागलुङ प्रतिवद्धता–पत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रतिवद्धता–पत्रमा कर्मचारीको श्रमको उचित मूल्यका लागि पहल गर्ने, सहकारी सम्बन्धि नीति, कार्यक्रम, बजेट र कानुनि ब्यबस्था का लागि अभियानसंग समन्वय गर्ने, सहकारीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चिततासंगै पदाधिकारीमा सहभागिताका लागि पहल गर्ने, बागलुङ, पर्वत , म्याग्दीका अधिकांस महिला, छोरीहरुलाई वित्तीय रुपमा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, सहकारी महिला संजालमा आबद्ध हुदै सहकारीको गुणात्मक बिकाशमा पहल गर्ने, स्थानीय तह मा सहकारी मैत्री ऐन नियम बनाउन बजेट बिनियोजन का लागि पहल गर्ने, महिला, श्रमिक र बिपन्न बर्गको सहकारीमा सहभागिता सुनुश्चिताताका लागि पहल गर्ने, दिगो विकास लक्ष्य २०३० प्राप्तीका लागि पहल गर्ने र सहकारीले गरेका असल अभ्यासहरुको प्रचार प्रसार गर्ने विषयहरु समावेश छन् ।

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने मुल नाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी पूर्व सन्धयामा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.वि. उप्रेतीले गरेका थिए ।

उद्घाटन सत्रलाई सम्वोधन गर्दै उप्रेतीले महिलाहरुको शशक्तिकरणका लागि गरिएको आरक्षणको व्यवस्था कुनै निश्चीत समयसम्मका लागि मात्र हुनुपर्ने बताएका थिए । आरक्षणले प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास ल्याउने तथा महिलाहरुमा आफुमै पुरुषहरु भन्दा कमजोर हुँ भन्ने भावाना विकास हुने हुँदा २१ औं सताब्दीको बद्लीदो परिवेशमा आरक्षणलाई हटाएर स्वस्थ प्रतिस्पर्धामा जानुपर्ने उप्रेतीको भनाई थियो ।

सहकारी सम्वन्धमा आफ्ना धारण व्यक्त गर्दे प्रमुख अतिथी उप्रेतीले जातजाती, धर्म संस्कृती, राजनीती लगाएतका विषयहरुमा सबैका आ–आफ्ना फरक विचारहरु भएतापनी सहकारीका साझा सवालहरुमा कसैसंग जातजाती धर्म संस्कृती र राजनीतिका आधारमा तिक्ताता नराखी सबैजान एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए । अव सहकारी संस्थाहरुलाई अनुगमन नियन्त्रण र कार्वाही गर्नै सम्पूर्ण अधिकार स्थानीय निकायहरुमा गईसकेकाले सहकारीलाई विकास निर्माण र आर्थिक विकासको साझेदारको रुपमा समन्वयकारी ढंगले स्थानीय निकायहरुले हेनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथी नेफ्स्कूनका सञ्चालक महिला अधिकारकर्मी शान्ति अधिकारीले सहकारी अभियानमा सहभागि हुँदा महिलाहरुको क्षमता विकास तथा आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर पाएको बताएकी थिईन । त्यस्तै विशिष्ट अतिथी अन्तर्राष्टिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्वविद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष ईन्दीरा पन्तले कुनै पनि व्यक्ति आर्थिक रुपमा सक्षम नभएसम्म अधिकार, कर्तव्य र शशक्तिकरणका जतीसूकै ठुला भाषाण गरेपता पनी त्यसले तार्तिक फरक नपार्नै बताईन । कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले महिलाहरु आर्थिक रुपमा सक्षम भएमा महिला माथि हुने सबैखाले हिंसाहरुको अन्तय भई महिलाको आर्थिक सामाजिक र राजनैतीक प्रतिष्ठामा वृद्धि हुने भनाई राखेका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा दिदिवहिनी साकोस म्याग्दीका अध्यक्ष ज्योती लामिछाने, गल्कोट नगरपालीकाका सहकारी संस्थाहरुको तर्फवाट गौमुखी कृषि सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्री, महिला अधिकारकर्मी ममता शर्मा, शकुन्तला शर्मा, जिल्ला महिला सहकारी समन्वय समितिका अध्यक्ष लिला खड्का , बहुउद्देश्यीय सहकारी संघ कागलुङका अध्यक्ष दुर्गा कुँवर, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, महिला तथा वालवालीका कार्यालय बागलुङका प्रमुख दिलकुमारी शर्मा, काठेखोला गाउँपालीका वडा नं. १ का अध्यक्ष खड्क थापा, बागलुङ नगरपालीकाका तर्फवाट सहकारी क्षेत्र हेर्नै वडा अध्यक्ष जिवन आचार्य, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम लगाएतले मन्तव्य राखेका थिए ।

बागलुङ, पर्वत र म्याग्दीका सहकारी संस्थाका महिला प्रतिनिधिहरुको उपस्थिती रहेको सम्मेलनमा ३ वटा कार्यपत्र प्रस्तुत भएको थियो । सहकारीमा महिला सहभागीता सन्दर्भः १०८ औं अन्र्तराष्ट्रिय महिला दिवश विषयक कार्यपत्र नेफ्स्कूनका सञ्चालक एवं महिला अधिकारकर्मी शान्ति अधिकारी, वित्तीय साक्षरता विषयक कार्यत्रपत्र अन्तर्राष्टिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्वविद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष ईन्दीरा पन्त र नेपालको सहकारी अभियानमा महिला सहभागिता, शशक्तिकरण र बागलुङको अवस्था विषयक कार्यपत्र जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यक्रम आयोजना गर्न सह–आयोजकको रुपमा सहयोग गर्ने सिवाईसी नेपाल, सिवाईसी साकोस, दीदीवहिनी साकोस म्याग्दी, गल्कोट बहुउद्देश्यीय सहकारी संस्था लि., ईमेज साकोस, महिला हित साकोस, नवकिरण सकोस, नमुना महिला साकोस , त्रिवेणी साकोस र सहारा बहुउद्देश्यीय सहकारी संस्था लि. लाई कदर–पत्रद्धारा सम्मान गरिएको थियो ।

करिब १५० जनाको सहभागिता रहेको सम्मेलको अध्यक्षता बागलुङ जिल्ला बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए भने कार्यक्रमको स्वागत संघका सञ्चालक चिनीमाया काला र सञ्चालन संघका सचिव ऋषिराम गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *