Menu

ढोनपाले बुर्तिबाङमा यसरी मनाउँदै छ अन्तराष्ट्रिय श्रमिक महिला दिवस !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन २३ । ढोरपाटन नगरपालिकाले १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताको साथमा मनाउने भएको छ ।
भोलि २४ गते बिहिबार यो बर्षको श्रमिक महिला दिवस विभिन्न प्रतियोगितात्मक तथा रचनात्मक कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रम तय भएको नगरपालिकाकी उप—प्रमुख करमती पुनगरले बताईन् ।

दिवसको अबसरमा महिला अधिकार सम्बन्धी गीत तथा नृत्य प्रतियोगिता, ७५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र उत्तरगंगा मावि बुर्तिबाङमा अवस्थित विशेष कक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको उप—प्रमुख पुनगगरले बताईन ।

उनले भोलि विहान ठीक १० बजेबाट बुर्तिबाङ बसपार्कमा हुने सम्पूर्ण कार्यक्रमहरुको तयारी सकिएको र कार्यक्रममा सक्रिय सहभागिता जनाइदिन पनि सवैलाई आग्रह गरिन् ।

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला दिवसको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *