Menu

आजको तस्वीर : उडायो हुरीले …

बागलुङ २०७४ फागुन २३ । बुर्तिवाङ स्थित महिला सामुदायिक भवनको छाना अस्ति बुर्तिवाङमा आएको हावाहुरीले उडाएको छ । नौ कोठे सो भवन २०६८ सालतिर निर्माण भएको थियो ।

विकासका लागि महिला सन्जाल संस्थाको पहलमा निर्माण गरिएको सो सामुदायिक भवनको उद्घाटन भने नभएको श्रोतले बतायो । सो भवन निर्माण गर्न ११ लाख भन्दा बढी रकम खर्चिएको बुझिएको छ । हुरीले छाना उडाए पछी ६ वर्ष पहिले निर्माण भएको सो भवन हाल सम्म उद्घाटन निहुनको कारण बारे स्थानीयले चासो देखाएका छन् ।

तस्वीर- झरना कँडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *