Menu

हटियाको सहस्रधारा झरनामा फागुन २४ गते साहसिक क्यानोनिङ खेल सञ्चालन गरिने !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन २३ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल गल्कोट नगरपालिका ३ हटिया स्थित बोहोराफाँट र स्यालाका सहस्र झरनामा सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा क्यानोनिङ खेलको सम्भाब्यता अध्ययनका लागी ७ जनाको टोली आज साँझ हटिया आउने र भोलि बिहान करिब १० बजे उनिहरुले खेल देखाउने गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले ईबागलुङलाई बताए ।

जिल्लामै पहिलो पटक मनोरम एवं बाह्रैमास बगिरहने उक्त सहस्रधारा झरनामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा सहस्र झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै जिल्लामै पहिलोपटक क्यानोनिङको तयारी गरिएको अध्यक्ष भण्डारीले बताए ।

क्यानोनिङका लागि उक्त झरनामा सम्भाव्यता अध्ययन गरिने र त्यसलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाई छ । भण्डारीले खेल हेरेर मनोरञ्जन लिनका लागी उपस्थित हुन गल्कोटबासीलाई आग्रह समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *