Menu

नहर मर्मत संम्भारपछि दरमखोला जलविद्युत परियोजनाबाट विद्युत आपुर्ति सुरु

कौरव खत्री, गुल्मी २०७४ फागुन २३ । दरमखोला लघु जलविद्युत परियोजनाको नहर मर्मत संम्भारपछि विद्युत सेवा सुचारु भएको छ ।

मुसिकोट नगरपालिका ७ मा रहेको दरमखोला जलविद्युत परियोजना लि.व्दारा सञ्चालित परियोजनाको नहर विभिन्न स्थानमा मर्मत संम्भार गरेपछि विद्युत आपुर्ति सुचारु भएकोे विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

गत फाल्गुन ८ गते बुधवारदेखि अवरुद्ध रहेको विद्युत सेवा यहि २२ गते अर्थात मंगलबारदेखि विद्युत आपुर्ति सुचारु गरिएको हो ।

८५ किलोवाट क्षमता भएको विद्युत परियोजनाको विद्युत सेवा सूचारु भएसँगै नगरपालिकाको वडा नं. २,४,७ र ८ बडा गरि ४ वटा वडाका झण्डै ९ सय घरधुरीका उपभोक्ताहरुको घरमा विजुली बत्ति बलेको छ भने ,उद्योग धन्दा, कलकारखाना, सञ्चारमाध्यम,कुटानी पिसानी लगायत विद्युतीय यन्त्र समेत सञ्चालनमा आएका छन् ।

दुई हप्तादेखि अन्धकारमा बसेका स्थानीयबासिन्दाहरु र विद्यार्थीहरु विद्युत सेवा सूचारु भएपछि खुसी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *