Menu

जनयुद्धका घाइते राजन वराइली (रमेश )लाई आर्थिक सहयोग !

गुरु प्रसाद रेग्मी, युएई २०७४ फागुन २३ (७ फेब्रुवरी, २०१८) माओवादी केन्द्र विदेश बिभाग अन्तर्गत नेपाली जनप्रगतिशिल मन्च युएई तथा भोजपुर हातेमालो समाज युएई द्वारा जनयुद्धका घाइते,तथा अपाङ्ग जिवन बिताइ रहेका राजन वराइली (रमेश )लाई आर्थिक सहयोग हस्तान्तरण गरेकोछ।

मिती २०७४ साल फाल्गुन २१ गते सुनसरीको इटहरी स्थित कृष्ण होटलमा आयोजित एक सम्मान कार्यक्रम बिच मन्चका क्षेत्रीय कमिटी आबुधाविका उपाध्यक्ष रामकुमार तिरुवाले नगद ५० हजार तथा सम्मान पत्र हस्तान्तरण गरेका हुन ।

आर्थीक सहयोग रकमको सङ्कलन नेपाली जनप्रगतिशिल मन्च युएइको बिशेस पहल तथा भोजपुर हातेमालो समाज युएईको सकृयतामा आन्तरिक रुपमा सम्पन्न भएको जानकारी भोजपुर हातेमालो समाजका महासचिव तिर्थ योन्जनले गराएका छन ।उक्त रकम सङ्कलनको निमित्त नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय कमिटी आबुधावी अध्यक्ष दिपक न्यौपाने लागायत सम्पूर्ण क्षेत्रीय कमिटी पदाधिकारी तथा केन्द्रिय कमिटी साथै भोजपुर हातेमालो समाजका अध्यक्ष ज्ञानेन्द्र राइ तथा समाजका सम्पूर्ण टिम सकृयता पुर्वक लागेका थिए ।

पारिवारिक आर्थीक अवस्ता कमजोर रहेका वराइली कतै आवत जावत गर्न समेत नसक्ने अवस्तामा यथार्थवोध गर्दै निज वराइलिको पार्टी राजनिती तथा समाज प्रतिको मायाको उच्च मुल्याङ्कन गर्दै नेपाली जनप्रगतिशिल मन्च युएई र भोजपुर हातेमालो समाज युएइले उनिलाई हिडडुल गर्न सहज होस भन्ने अभिप्रायले इलेक्ट्रीकल ह्विलचियर खरीदकोलागी सहयोग स्वोरुप उक्तरकम हस्तान्तरण गरेको छ ।

समाज र परिवर्तनको सम्मान स्वरुप माओवादी केन्द्र निकट प्रवास सँगठन नेपाली जनप्रगतिशिल मन्च युएइले वराइलिको उच्च सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरेको क्षेत्रीय कमिटी आबुधाविका अध्यक्ष दिपक न्यौपानेले जनाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *