Menu

घुम्टेमा छैठौ लालिगुराँस महोत्सव : घुम्टे लेकलाई ‘गुराँसको पहाड’ घोषणा गर्ने केन्द्रको तयारी !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन २३ । गल्कोटको पर्यटकीय गन्तव्य घुम्टेमा चैत ३० र वैशाख १ गते छैठौ लालिगुराँस महोत्सव हुने भएको छ ।
गल्कोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा हुन लागेको लालीगुराँश महोत्सवले घुम्टे लेकलाई गन्तव्य स्थलको रूपमा विकास गर्न र राष्ट्रिय लालिगुराँस फूलको संरक्षण र प्रचार प्रसार गर्न सहयोग पुग्ने संस्थाका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । आर्थिक अभावका कारण यस बर्ष लालिगुराँस उत्सव सामान्य तरिकाले मनाउने बस्नेतको भनाई छ ।

घुम्टेमा आन्तरिक तथा बाह्य पर्यटकले घुम्टे लेकको विभिन्न प्रकारका लालिगुरास फुल, पहाड तथा हिम श्रृङ्खलाको दृश्यावलोकन गरी सिद्ध भैरवको पुजा गर्ने कार्यक्रम तय गरिएको बस्नेतको जानकारी दिए ।

चैत महिनाको ३० गते साँझ क्याम फायर र बैशाख १ गते राष्ट्रिय झण्डा फहाराउने केन्द्रले जनाएको छ । धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक हिसाबले समेत महत्वपूर्ण घुम्टे लेकको पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष घुम्टेमा गुराँस उत्सव गर्दै आईरहेको केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापाले बताए ।

विभिन्नजातका गुराँस फुल्ने घुम्टे लेकलाई ‘गुराँसको पहाड’ घोषणा गर्न केन्द्रले पहल अगाडि बढाएको जानकारी दिँदै केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । त्यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको बरिष्ठ उपाध्याक्ष थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *