देशको आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता हुन अत्यावश्यक – पन्त

सुमन जि.सी, बागलुङ २०७४ फागुन २३ । वित्तीय साक्षरता सम्वन्धमा आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक सङ्कट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा मङ्गलबार बागलुङ बजारमा १ दिने वित्तीय साक्षरता तालिम कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला स्थित विभिन्न क्याम्पस, स्कुल, कलेज र सहकारी संघ संस्थाहरुका ७३ जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन अन्तर्राष्टिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्वविद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष एवं प्रशिक्षक ईन्दिरा पन्तले गरेकी थिईन । पन्तले देशको आर्थिक समृद्धिका लागि सबैमा वित्तीय साक्षरता हुन अत्यावश्यक रहेको बताएकी थिईन ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापा, सिवाईसी साकोसका सल्लाहाकार वद्रिप्रसाद पौडेल, जिल्ला महिला सहकारी समन्वय समितिका अध्यक्ष लिला खड्का लगाएतले मन्तव्य राखेका थिए ।

सिवाईसी साकोसका प्रवन्धक नवराज शर्माको सञ्चालन, संघका सञ्चालक भरत पौडेलको स्वागतमा सञ्चालीत कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष चण्डिप्रसाद पौडेलले आर्थिक, समाजिक र शैक्षिक रुपमा पछि परे पारिएका वर्गको आर्थिक क्रियाकलापलाई गतिशिल दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पु¥याई आर्थिक जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *