Menu

निसीखोला स्थित प्रभा माबिमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

मिलन हमाल, बुर्तिवाङ २०७४ फागुन २३ । निसीखोला गाउँपालिका वडा नं ३ स्थित प्रभा माध्यमिक बिद्यालयमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रमेश बिक्रम शाहीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिकाका स्रोत ब्यक्ती टंकनाथ शर्माले बिद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गर्नका निम्ती किताबी ज्ञान मात्रै नभई अन्य प्रतियोगीतात्मक कार्यक्रममा पनि सहभागी हुन प्रेरित गर्नुपर्ने बताउदै , प्रतिभा पहिचान कार्यक्रम आउदा दिनहरुमा पनि सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा बिद्यालयका प्रअ नबराज आचार्य तथा बिद्यालय ब्यबस्थापन समिती ,शिक्षक अबिभाबक संघका पदाधिकारी ,सम्पुर्ण बिद्यालयमा बिद्यार्थी शिक्षक तथा प्रअहरुको उपस्थिती रहेको थियो ।

मंगलबार भएको प्रतियोगीतात्मक कार्यक्रमहरु मध्ये,साबिक बोहोरागाउँ गाउँबिकास समिती स्तरीय कक्षा १ देखी ३ सम्मको बेलुन फुटाई प्रतियोगीतामा २४ जनाको उपस्थीती रहेको थियो , जसमा जनमुक्ती प्रथामीक बिद्यालय ठुलाचौरका सुमन नेपाली प्रथम , बोहोरागाउँ लिटिल रोज बोर्डीङ स्कुलकी आशीका शाही व्दितीय तथा बोहोरागाउँ लिटिल रोज बोर्डीङ स्कुलका दिलीप रेग्मी तृतिय भएका छन् । उता ,२२ जनाको सहभागिता रहेको साबिक बोहोरागाउँ गाउँबिकास समिती स्तरीय बौद्धिक खेल प्रतियोगीतामा , कर्ण प्राथमिक बिद्यालय ढुवाखोरका राम बहादुर परियार प्रथम तथा जनमुक्ती प्राथमिक बिद्यालयका प्रबिण घर्ति मगर व्दितीय भएका छन् ।

त्यस्तै साबिक बोहोरागाउँ गाउँबिकास समिती स्तरीय समाज परिवर्तनमा बिद्यार्थीको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगीतामा ३ जनाको सहभागी भएकोमा जनजीबराज सुशिला माध्यमिक बिद्यालय झिम्पाका बिमला परियार प्रथम , प्रभा माध्यमिक बिद्यालयका वीरेन्द्र रेग्मी व्दितीय तथा जनजीबराज सुशिला माध्यमिक बिद्यालय झिम्पाका सुरज गीरी तृतिय भएका छन् ।

त्यसैगरी मंगलबार भएको स्रोतकेन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा ८ समुहले भाग लिएको थियो । जसमा जनजीबराज सुशिला माध्यिमक बिद्यालय झिम्पा प्रथम , ज्योति आधारभुत बिद्यालय थापागाँउ व्दितीय तथा , प्रभा माध्यमिक बिद्यालय झिवाखोला तृतिय भएका छन् । हाजिरीजवाफ प्रतियोगीताको सहजीकरण बोहोरागाउँ प्राथामिक बिद्यालयकी शिक्षिका बिन्दु हमालले गरेकी थिईन् । कार्यक्रमको सञ्चालन प्रभा माध्यमिक बिद्यालयका शिक्षक भुमीराज आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *