ट्र्याक खोल्ने क्रममा माथीबाट खसेको पहरोले थिच्दा डोजरमा रहेका २ चालकको मृत्यु !

बिमल खड्का, बुर्तिवाङ २०७४ फागुन २२ । बडीगाड गाउपालिका वडा नं १० दर्लिङ निगालपानीमा गँगरे देखी भिङगिठे जोड्ने मोटरबाटोको ट्र्याक खोल्नेक्रममा रहेको डोजरमा सो माथीबाट पहरो खसेर थिच्दा डोजरमा रहेका दुईजना चालकहरुको घटनास्थलमै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार आज मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डोजरमा बसीरहेको बेला एक्कासी त्यसमाथीको पहरा (ढुंगा) खसेर थिच्दा चालक व्दय ढोरपाटन नगरपालिका ४ खुँगाका वर्ष ३२ का गिर प्रसाद फगामी र तमानखोला गाउपालिका ५ खुँखानीका वर्ष ३२ कै प्रेम सिर्पालीको घटनास्थलमै मृत्यु भएको थियो ।

सहचालक फगामीको शव निकालिएको भएपनि अर्का चालक सिर्पालीको शव भने अर्को डोज।र ल्याएर ढुंगा पन्छाएपछी मात्र निकाल्न सकिने प्रनि रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *