प्रबासी नेपालीहरु स्वदेश फिर्ता ‘अबसर र चुनौती’

मणि भुर्तेल, युएई

पर्यटन,कृषि एब जलस्रोतको धनी देश भनिए पनि नेपाल रेमिटेन्सले धानिएको देश भन्दा फरक न पर्ला तर देशमा भित्रने रेमिटेन्सको दोब्बर रकम पुनः भारत छिर्छ ।

अष्ट ज का अभिन्यताहरुले बिगत देखि नै ५ ज को प्रतिपादन सहित परिभाषा बुझाउदै जनता सामु पुग्ने कोसिस गरेको तितो यथार्थ सर्बबिदितै छ । नेपालको भौगोलिक अबस्था,माटो,हावापानी अनुसार नै ५ ज को परिकल्पना मात्र होइन अपरिहार्य पनि हो । देशको आर्थिक सम्वृद्धिको लागि यिनै ५ ज मध्य एक अपरिहार्य शक्ति भनेको जनश्रोत हो तर बिडम्बना पौरखी हातहरु आज देश धान्ने ऋण र कसम खाएर परदेशको भुमिमा पसिना बगाई रहेका छन् ।

देशको राजनैतिक अबस्था र विभिन्न समयमा प्राकृतिक माहाहुरी सग संकटमा पुगेको देश नेपाललाई राजनैतिक स्थायित्व एबम आर्थिक क्रान्तिको बेला आइसकेको छ । नेपालको कुल जनसंख्याको ५०५ युवा जनशक्ति रहेको र अबको २० बर्ष पछि त्यो शक्ति वृद्धि भएर बृद्ध शक्तिमा परिणत हुने छ ।
अबको क्रान्ति भनेको आर्थिक,सामाजिक र न्यायिक हुनु पर्छ । भित्रिएको आयश्रोत रेमिटान्स मात्र होइन बाहिरिएको रेमिटान्सको श्रोतको मुल्याकन गर्दै देशमा प्रबाशी पौरखी हातहरु लाइ ससम्मान अवसर प्रदान गरि देश बिकासमा उन्मुख गराउनु सरकार को दाइत्व रहन्छ ।

चुनौतीहरु

राजनैतिक स्थायित्व नहुनु ,लगानीको ग्यारेन्टी नहुनु ,विभिन्न समयमा चन्दा उठाउदै जनताको पैसा मा राज गरि सात पुस्ते सम्पतिको जोह गर्ने भ्रस्टचारीको जन्म दिनहु दिन बढ्दै जानु ,बन्द हड्ताल हुनु ,औधोगिक बजारको उचित ब्यबस्था नहुनु ,समानको बजार ब्यबस्था एब मूल्य नपाउनु ,सरकारबाट प्राप्त अनुदान एबम सुबिधा समयमा नहुनु ,इन्सोरेन्सको ब्यबस्था नहुनु ,दक्ष डाक्टर एब जनशक्ति प्रयाप्त नहुनु र भएको पनि सुख सयल एबम खर्चको अनुपातले गर्दा सहरीकरणका साथै बिदेशिनु ,अचुक मूल्य वृद्धि हुनु ,सबै जीविकोपार्जनमा उपभोग्य समान आयातमा भर नपर्नु ,सरकार बाट लागनी सहित उर्जाशील ब्यबस्था नहुनु ,नीति नियम ले दिर्घकालिन एबम निर्णय फेरबदल हुनु ,हरेक क्षेत्रमा सैदान्तिक तरिकाको ब्यबहारिक शिक्षा नहुनु इत्यादी चुनौती का बिषय हुन् ।

बर्षेनी आयात गरिएका तरकारी र माछा मासुलाइ मात्र देश भित्र उत्पादन गर्न सक्ने हो भने राजनैतिक भाषामा भन्दा कायापलट गराउन समय लाग्दैन तर नेपाल सरकारले दक्ष अनुभबी डाक्टर एबम बैज्ञानिक विधिलाई स्थान र उचित मुल्याकन गरि इन्सुरेन्सको ब्यबस्था गर्नु पर्छ ।

प्राकृतिक प्रदुषण बढ्दै जानु र विभिन्न बिसादी औसधि प्रयोग तरकारी,माछा मासु एबम अन्य खाद्यान्नले गरेको असर बारे सचेत रहनु पर्ने बेला ढिला भएको छ । नेपालीको औसद आयु बढे पनि जिउदो लास सरि बाचिरहनु परेको छ । स्वास्थ्य नै अमुल्य धन हो भन्ने बिषयको ज्ञान हुदा हुदै पनि कृतिम बिषादी तथा औषदी प्रयोग अनि अनाबश्यक खाना सेबनले विभिन्न किसिम का रोगहरु जन्म भएको छ । कृषि,जलबिधुत,साना घरेलु उद्द्योग, पशुपालन जस्ता ब्यबसाय ले आयस्रोत को उत्पादन चाडो र दिर्घकालिन हुने हुदा सरकार ले इन्सोरेन्सको ब्यबस्था सग काम गर्ने बराबरण र लगानी गर्नु पर्छ ।

कम्पनि संचालन को लागि ५१५ र ४९५ को नीति तत्काल प्रयोग मा ल्यानु पर्ने देखिन्छ । जनताको लगानी जनतामा निहित बनाउन नेपाल सरकार सक्षम हुनु पर्छ । नीति नियमलाइ कसिलो बनाउदै कार्यनयनमा ध्यान दिनु र भ्रस्टाचार लाइ कडा दण्डित सजाय लाइ ब्यबहार मा उतार्ने हो भने ूप्रबासी नेपाली हरु स्वदेश फिर्ता ू लगानी र दक्ष जनशक्ति सहित नेपाल भित्रिन मिनेट लाग्ने छैन १नेपाल सरकार ले ५१५ र ४९ ५ को नीति लाइ प्रस्ट कार्यनयन गर्ने र नेपाल सरकार ले बिगत देखि को ख्ब्त् लाइ सहि सदुपयोग गरि सिस्टम अनुसार चल्ने हो भने रेमिटान्स र भ्रस्टचार भन्ने सब्द नै नेपाल को लागि सब्द कोस बाट निकाले पनि हुन्छ ।

एक सचेत नागरिकको हैसिएत बाट भाग्य रेखा खोज्ने काम हामी आफु पनि पहल कदम गर्नु पर्छ । चाल्नोमा दुध दुहेर भाग्यको रेखा कोर्ने होइन पौरखी हातहरुको उचित सम्मान र उपयोग हुनु जरुरि छ ।

भर्खर मात्र भएको नाकाबन्दीबाट सिकेको पाठलाई कार्यनयन गर्न पनि युवा शक्तिको फिर्ता जरुरि रहन्छ । प्ररदेशमा सिकेका अनुभब र अध्यनलाई नेपालमा ब्यबहारमा उतार्नु पर्छ । नेपाल सरकारले नीति नियम,लगानी र इन्सोरेन्सको ब्यबस्था सहित प्लेटफर्म तयार गरोस गोल हान्न दक्ष एब अनुभबी सहित प्रबासी नेपालीहरु आतुर छन् र सक्षम पनि छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *