Menu

वाम गठवन्धनलाई ५ वर्ष सरकार चलाउन नदिने विप्लब समुहका नेता सन्तोष बुढामगरको ठोकुवा !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ फागुन २१ । सुखानी दिवसको सन्दर्भमा नेकपा जिल्ला समितिले बडीगाड- २ खर्वाङमा आयोजना गरेको समसामयिक राजनैतिक विषयमा गरेको अन्तक्रियामा वोल्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लब समुहका स्थायी कमिटी सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष वुढा मगरले शान्ति प्रक्रियामा आउँदा माओवादी कुटनीतिले हारेको टिप्पणी गरेका छन् ।

पूर्व सांसद समेत रहेका वुढाले संसदीय व्यावस्थावाट राजनैतिक अस्थिरता कायम राख्न विदेशीले चाहेको भन्दै वाम गठवन्धनलाई ५ वर्ष सरकार चलाउन नदिने ठोकुवा गरे । बिप्लबको पक्राउ पुर्जी थमाएर सरकारले आन्दोलन गर्न वाध्य गराएको भन्दै वुढाले थप दमन भए विद्रोह गर्ने चेतावनी समेत दिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचन, नेपाल शिक्षक संघका प्रदेश नं. ४ का महासचिव सागर खरेल, भानु माविका प्रअ केशव खरेल, त्रिभुवन माविका प्रअ ढालमणी भण्डारी, एमालेका तिर्थमणि भुसाल, राष्ट्रिय शिक्षक संगठनका वडिगाड अध्यक्ष वेद प्रसाद पोखरेल, पत्रकार कमल पौडेल, राजमोका अनिल गिरि, राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई लगाएतले आआफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टी जिल्ला इन्चार्ज विकरण क्षेत्रीको अध्यक्षता, जिल्ला सचिव छम सेनको स्वागत मन्तव्य तथा धौलागिरि व्यूरो सदस्य नविन कुँवरको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *