Menu

अन्तर्राष्ट्रिय महिला दिबसमा ७५ वर्ष माथीका जेष्ठ महिलालाई सम्मानित गरिने

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २१ । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिबस बुर्तिबाङमा पनि मनाईने भएको छ । फागुन २४ गतेका दिन परेको अन्र्तराष्ट्रिय महिला दिबसको अबसर पारेर यसबर्ष ढोरपाटन नगरपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरेको ढोरपाटन नगरपालकिाकी उपप्रमुख करमती पुनले जानाकारी दिईन् ।

ढोरपाटन नगरपालिका प्रमुख, उपप्रमुख लगायत नगरपालिकाका सम्पुर्ण महिला सदस्यहरुको उपस्थितीमा बसको बैठकले यसबर्ष नगरपालिकाको मातहतमा महिला दिबस मनाउने निर्णय गरिएको उपप्रमुख पुनको भनाई थियो ।

सो अबसरमा महिला अधिकार सम्बन्धी गीत तथा नृत्य प्रतियोगिता , ७५ बर्ष माथीका बयोबृद्धा सम्मान कार्यक्रम र उत्तरगंगा माध्यमिक बिद्यालयमा रहेको अपाङ्गता छात्राबासमा रहेका सम्पुर्ण अपाङ्गता भएका ब्यक्तीहरुलाई फलफुल बितरण गर्ने कार्यक्रम रहेको उपप्रमुख पुनले जानाकारी दिईन ।

यसैवीच ढोरपाटन नगरपालीकाले वडा नं २ मा रहेको कुत्थाप्ला देखी काप्रेखोला हुदै अर्नाक सम्म जोड्ने मोटरबाटोको अनुगमन गरिएको छ ।

ढोरपाटन नगरपालिकाको रु ८ लाख १० हजार अनुदानमा कुत्थाप्ला देखी थरी सम्म खनिएको १ किमी मोटर बाटोको उपप्रमुख पुन , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , वडा नं २ का वडाध्यक्ष युवराज महत,प्राविधिक प्रमुख जुद्ध बहादुर बुढा तथा कुत्थाप्ला , काप्रेखोला ,अर्नाक मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हेमप्रसाद खत्री पत्रकार लगायतको सहभागितामा सो मोटरबाटोको अनुगमन गरीएको हो ।

नगपालीकाले छुट्याएको रकम अनुसारको काम सम्पन्न भएर फरफारक गर्नुपूर्व बाटोको राम्ररी चेकजाँच गर्नुपर्ने भएकाले अनुगमन गरीएको उपप्रमुख पुनले बताईन । सो मोटर बाटो मापदण्ड अनुसार नै कार्यसम्पन्न भएको प्राविधिक जुद्धबहादुर बुढाले जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *