Menu

गुयली जाने मोटर बाटोको ट्याक निर्माण सम्पन्न, फिनिसिङको काम बाँकी !

घनश्याम गौतम, गल्कोट २०७४ फागुन २१ । गुयली जाने मोटरबाटाको ट्याक निर्माण कार्य सम्पन्न भएको छ । गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को बिनियोजित बजेटबाट पुर्बाधार बिकास तर्फ गुयली जानेबाटोको लागी रु २ लाख रुपैया बिनियोजन गरेको थियो । उक्त रकमद्धारा सुरुबात गरिएको गुयली जाने मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको चरौदी गुयली सेतिबेशी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर खत्रीले जनाकारी दिए ।


गलकोट नगरपालिकाव्दारा अनुमति प्रदान भएबमोजिम लागत स्टिमेट, योजनाको काम शुभारम्भ भएको बताउदै अध्यक्ष खत्रीले सेतिबेसी देखी गुयली हुदै चरौंदी सम्म करिब साढे २ किलोमिटर मोटरबाटोको निर्माण गरिएको बताए । खत्रीले गलकोट नगरपालिकाबाट बिनियोजित बजेट २लाखले ३ सय मिटर बाटो निर्माण गर्न पनि नसकिने अबस्था थियो तर निकै थोरै बस्ती रहेको गुयलीको पुर्बाधार बिकासकोलागी स्थानिय उपभोक्ताले आर्थिक सहयोग संकलन गरेकोले मोटरबाटोको ट्याक निर्माण कार्य सम्पन्न भएको बताए ।

मोटरबाटो निर्मार्ण गर्दा करिब १३ लाख भन्दा बढी खर्च भएको उपभोक्ता समितिको भनाई छ । गुयली जाने मोटरबाटोको लागी स्थानिय उपभोक्ताको तर्फबाट करिब ८ लाख संकलन भएको गल्कोट नगरपालिकाबाट बिनीयोजित बजेट गरि निर्माण सम्पन्न भएको भएपनि करिब ३ लाख रुपैंया रकम अझै अभाब भएको सचिब जीवनकला खत्रीको भनाई छ । गलकोट नगरपालिका बडा नम्बर ६ को गुयलीलाई बिकासको दृष्टिले निकट तर भौगोलिक बनाबटका आधारमा बिकट क्षेत्रको रुपमा रहेको बडा नम्बर ६ का बडा अध्यक्ष नर बहादुर खत्रीले बताए ।

गुयलीमा करिब ५ घरपरिबार रहेका छन् भने मोटरबाटोले करिब ३० घर परिबारलाई प्रत्यक्ष रुपमा सहजता मिल्ने स्थानिय उपभोक्ता मन बहादुर खत्रीको भनाई छ ।

ेटरबाटो निर्माण भएलगतै बिरामीलाई अस्पतालमा ल्याउन, सामान ढुबानी गर्न सहजता मिल्ने स्थानिय कर्णबहादुर खत्रीले बताए ।

मोटरबाटोको ट्याक निर्माण भएपनि नाली कटान र बाटोलाई गे्रडिङ अनुसार फिनिसिङको काम बाँकी रहको छ ।

मोटरबाटोको फिनिसिङको कार्य तथा नाली कटान लगतै उद्घाटन गरिने समितिका उपाध्यक्ष केशब बस्तेतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *