Menu

एआईजी शाहीव्दारा सशस्त्र प्रहरी बल गुल्मीको भवन उद्घाटन : ‘देश र जनता रहे हामी रहन्छौं !’

प्रेम सुनार, गुल्मी २०७४ फागुन २१ । सशस्त्र प्रहरी बल गुल्मीको भवन आज एक समारोहका विच उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्र्यालयका सशस्त्र अतिरिक्त महानिरीक्षक प्रेम कुमार शाहीले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै उनले नवनिर्मित भवनको निरिक्षण समेत गरेका थिए ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै डिआईजी शाहीले देश र जनता रहे आफुहरु सुरक्षा निकाय रहने बताउँदै सशस्त्र प्रहरी परिवारलाई हरवखत देश र जनताको पक्षमा रहन निर्देशन दिए । उनले व्यक्तिगत स्वास्र्थ सामन्य घरेलु कुरा मात्र भएको भन्दै व्यक्तिगत स्वास्र्थमा नलागेर निश्वार्र्थ भावनाले कत्व्र्यमा जुट्न निर्देशन दिए ।

आफु गुल्मी कै साविकको ग्वादी गाविसको वासिन्दा भएको जानकारी दिँदै वाल्यकालमा आफुले देखेको भन्दा कैयौं गुना विकासमा परिवर्तन आएको उनले बताए । एआर्ईजी शाहीले गुल्मीमा सशस्त्र प्रहरीले खेलेको भुमिकाको सह्रना समेत गरेका छन् ।

उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल गुल्मीले भवन निमाणमा योगदान पुराउने व्यक्तिहरुलार्ई सम्मान गरेको छ । एआईजी शाहीद्धारा भवन निर्माणको जिम्मा पपाएको सुनिल समिर जेभि कन्ट्रक्सन भरतपुर चितवन निर्माण कम्पनीका प्रमुख तथा निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायणप्रसाद पोखरेले समय अवधी भित्रै गुणस्तरिय कार्य गरेको भन्दै उनलाई कदर पत्र सहित सम्मान गरेका थिए ।
त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष कुलबहादुर टण्डनलाई पनि सम्मान गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी वल तर्फ त्यस भवन निर्र्माणका लागि सशस्त्र प्रहरी निरक्षक वासुदेव कुँवर , हेटक्वाटरबाट खटिएका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक वासुुदेव मुलेपति , सशस्त्र सई गफ्फुबहादुर लम्तरी , असई टेकराज भट्ट, वरिष्ठ प्रहरी हवल्दार निमबहादुर केसी, भुपेन्द्र घर्ति र परिचर खिमबहादुर घर्तिलार्ई पनि सम्मान गरिएको थियो ।

उद्घाटन सत्रलाई स्वागत गर्दै र भवन निर्माणको प्रति वेदन पेश गर्दै त्यस गुल्मका गुल्मपति डिएसपी प्रेमप्रकाश सिग्देलले २०७० सालको निर्वाचनमा सुरक्षाका लागि परिचालन हुन आउँदा सशस्त्र प्रहरीका् १ सय ६० जनाको टोलि कष्टकर रुपमा नेपाल टेलिकमको खाद्य गोदाममा अटि नअटी बस्नु परेको बताए ।

निर्वाचनका लागि मात्र खटिएको उक्त टोलीलाई जिल्ला मै राख्नु पर्ने माग भए वमोजिम मन्त्री परिषदको निर्णय गरेर गुल्मीमा गुल्म स्थापना भएको बताउँदै उनले जिल्लाको सर्वपक्षिय बैठकले उर्लेनीको रानीपोखरीमा वन कार्यालयको स्वामित्वमा रहेको ८२ रोपनी मध्ये सशस्त्र व्यारेकका लागि ४२ रोपनी दिईएको बताए ।

उक्त क्षेत्र फलमा अहिले कार्यालय भवन, अधिकृत निवास, स्टोर्श सहित मेश, क्वाटर गार्ड , जवानहरुको व्यारेक दुइ वटा, शौचालय सहित ७ वटा भवन ३ करोड ५८ लाख ८३ हजार लागतमा आशिष समिर जेभि भरतपुर चितवनको कन्टक्सन निर्र्माण कम्पनीले निर्माण गरेको जानकरी दिए

२०७४ बैशाख २३ गतेका दिन भवनको शिलन्यास पश्चिम क्षेत्रिय मुक्तिनाथ वाहिनीका तत्कालिन वाहिनीपति डिआईजी सुवोध अधिकारीले गरेको उनले बताए ।

धन्यवाद मन्तव्य दिदै पश्चिम मुक्तिनाथ वाहिनीका निमित्त वाहिनीपति एसपी मदनसिंह विष्टले उक्त निमार्ण कम्पनीले समय मै मापदण्ड अनुरुपको काम गरेको प्रति धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रधान कार्यालयका प्रवत्ता डिआईजी वावुराम पाण्डे, गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय, जिल्ला न्याायधिश रामप्रसाद न्यौपाने, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, जिल्ला समन्व्य अधिकारी कल्पना श्रेष्ठ लगायत विभिन्न निकायको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक भिमनिधी खनालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *