Menu

भूकम्पले चर्किएको पार्वती माबिको ४ कोठे पक्की भबन पुननिर्माण गरिदै

घनश्याम गौतम, गल्कोट २०७४ फागुन २० । गल्कोट नगरपािलका ६ स्थित पार्वती माध्यमिक बिद्यालयको भबन पुननिर्माणको लागी घडेरी सम्मो पार्ने कार्य सुरु भएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पले चकिएको भबनको क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा पुननिर्माण अभियान सुरु भएको बिद्यालयले जनाएको छ । बिं सं २०१० सालमा स्थापना भएको सो बिद्यालय भबन बिभिन्न ठाउबाट चकिएको थियो । विद्यालयको उपल्लो स्थानमा १७ कोठा र तल्लो स्थानमा ४ कोठा रहेको छ ।

भुकम्पले १७ कोठे भबन जीर्ण बनाएपछि पुननिर्माण कार्यक्रम सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक हेम बहादुर बुढाथोकीको भनाई छ । प्रधानाध्यापक बुढाथोकीले बिद्यालयको उक्त भबन २०५९ सालमा निर्माण गरिएको भएपनि भुकम्पले क्षेति पुर्याएकोले पुननिर्माण गर्नुपने बताउदैं स्थानिय निकाएको अनुमति अनुसार भबन निर्माणको लागी सम्झौता भएको जनाकारी दिए ।

बिद्यालयको ४ कोठे भवन निर्माणको लागी क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला शिक्ष् कार्यालयले ६३ लाख रुपैया अनुदान सहयोग गर्ने सहमति भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जय नेपालीले बताए । भुकम्पले बिद्यालयमा भएका १७ कोठामा क्षती भएको भएपनि तत्कालको लागी ५ कोठा भत्काएर ५ कोठाको ठाउमा ४ कोठे पक्की भवन निर्माण गर्ने तयारी भएको प्रअ बुढाथोकीले बताए ।

बिद्यालयको भबन निर्माणको लागी प्राबिधिक टोलीको स्थलगत उपस्थितिमा लागत स्टिमेट अनुसार बिद्यालय निर्माण कार्यले तिब्रता दिने बिद्यालयले जनाएको छ ।

गलकोट नगरपालिका बडा नम्बर ६को चरौदीँमा रहेको उक्त बिद्यालयमा अहिले करिब २ सय १० बिद्यार्थी रहेका छन् भने बिद्यालयमा सरकारी श्रोतबाट १४ शिक्षक तथा कर्मचारी र स्थानिय श्रोतबाट ३ जना शिक्षकले बिद्यालयमा अध्ययन अध्यापन गराउदैं आएका छन् । १२ कोठे भवन पनि जिर्ण रहेकोले अबको ५ बर्ष भित्रै पुननिर्माण गनुपर्ने बाध्यता रहेको बुढाथोकीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *