Menu

युएईमा अन्तरक्रिया सहित ‘चैतदशैँ बिशेष कार्यक्रम’को तयारी : प्रमुख अतिथीमा ढुंगाना आउने !

खिमलाल पाण्डे, युएई २०७४ फागुन २१ (५ मार्च २०१८) । रोजगारीका लागि खाडी मुलुक युएई पुगेका बागलुङ जिल्लावासीहरुको साझा संस्था बागलुङ सेवा समाज युएईले यस वर्ष पनि भव्यरुपमा चैत दशैँ विशेष कार्यक्रमका साथ मनाउन गैरहेको छ । केहि वर्ष देखी समाजले युएईमा चैत दशैँ पर्वलाई विशेष कार्यक्रमका वीच मनाउदै आएको छ ।

समाजको गत शुक्रबार बसेको चौथो अधिवेशन पछीको पहिलो बैठकले युएईमा यस वर्षपनि चैते दशैँ बिशेष कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै मार्च २३ तारिखका दिन करामा स्थित Wade range Restaurant को सभाहलमा बिबिध मनोरन्जनात्मक कार्यक्रमको साथमा दिवा भोजको आयोजना गरि मनाउने निर्णय गरेको हो छ ।

समाजले उक्त बैठकमा युएईमा क्रियाशील नेपालीहरु बीच प्रबासी नेपालीहरु स्वदेश फिर्ता ,अबसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गर्ने अर्को महत्वपूर्ण निर्णय गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगाना आउने भएको संस्थाका एक सदस्यले ईबागलुङलाई जानकारी दिए ।

***
यसरी चर्चित छ, बागलुङ कालिका देवीको मन्दिरमा लाग्ने चैतदशैँ मेला

चैतेदशैँ बागलुङे मेलैमा
लाईदेउ मायाँ भेट भाको बेलैमा….

आहा, अति मिठो र बागलुङ जिल्लाको एउटा परिचय बोकेको गीत धेरै बर्ष अगाडी नै सबै माझ पुगिसकेको हो । हरेक बर्ष जिल्लाको सदरमुकाम बागलुङ बजार नजिकै रहेको प्रशिद्ध बागलुङ कालिका मन्दिरको परिसरमा चैते दशैँ बिशेष मेलाको आयोजना गरिने गरिन्छ । हजारौ होइन लाखौ भक्तजनहरु मात्र होइन दर्शन गर्न आउनेहरुको भिड सहित हेर्न आउने दर्शकहरुको समेत घुइचो लाग्ने गर्दछ । उक्त मेलामा बिभिनं ठाउहरुबाट स्थानीय बासिन्दाहरुले आफ्नै हातले निर्माण गरेका सामाग्रीहरुको समेत प्रदर्शनी साथै बिक्रि वितरण समेत गरिन्छ ।

त्यहि पबित्र स्थानमा बसोबास गर्ने बागलुङ वासीहरु बैदेशिक रोजगारिका शिलशिलामा बिभिन्न देशहरुमा पुग्ने गरेका छन् । यी मध्ये युएई पनि एक हो ।
***
त्यस्तै बैदेशिक रोजगारिताका शिलशिलामा युएई पुगेका बागलुङवासी नेपालीहरु मिलेर गत २०६८ सालमा बागलुङ सेवा समाज युएई नामक संस्था स्थापना गरेका थिए्र गोपाल कंडेलको अध्यक्षतामा स्थापना गरिएको संस्था जसलाई स्थापना गर्नमा मान बहादुर थापा , कृष्ण केसी , चित्र केसीको प्रमुख भूमिका रहेको थियो ।

सम्रक्षक् गोपाल कंडेल भन्छन् ‘’हामीले खजुरको रुख मुनि बाट संस्था जन्माएका हौ यसलाई निरन्तरता दिने र अगाडी बढाउने युएईमा कार्यरत सम्पूर्ण बागलुङ वासी दाजुभाई तथा दिदिबहिनीहरुको हो । एक्लै केहि गर्न सकिदैन एकता नै बल हो सबै खाले समस्या समाधान गर्न सकिन्छ ।’
त्यस्तै सल्लाहकार याम पुन भन्छन् ‘’ राजनीति आस्था राख्ने हरेक बुद्धिजीवी, समाजसेवी, जातजाति भेष भुषा , रहनसहन, रितिरिवाज मान्ने सबैको साझा चौतारी हो । हामी सबै मिलेर अगाडी बढाउनको लागि संस्थामा एकताको जरुरी छ । सबैको बिचार मान्नेहरुले संस्थाको बिधानमा टेकेर हरेक क्रियाकलाप गरेमा अबश्य पनि संस्थाको भबिष्य उव्वल रहने छ’ ।

संस्थाको चौथो अधिबेशन बाट निर्बिरोध चयन हुनुभएका बर्तमान अध्यक्ष रत्न बिक भन्छन् ‘संस्थालाई युएईमा हामीले नमुना संस्थाको रुपमा स्थापित गर्ने छौ् र युएई सरकारको नियम र कानुनको पालना गर्दै युएईमा कार्यरत बागलुंगे हरुको हक र हितमा काम गर्ने छौ । तत्काल भने संस्थाले बिगतका दिनहरुमा गर्दै आइरहेको बागलुङेहरुको महान पर्ब चैते दशैँलाई निरन्तरता दिने तर पहिले भन्दा अहिले फरक तरिकाले गर्ने भएका छौ जसलाई युएईमा कार्यरत सम्पूर्ण बागलुङवासी लगाएत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगको अपेक्षा राखेको छु । बागलुङ जिल्ला भनेको खेलको लागि निकै अगाडी र रुची राख्ने जिल्ला हो राष्ट्रिय खेलाडी देखि लिएर अन्तर्राष्ट्रिय खेलाडी भएको ठाउ हो त्यसैले हामीले खेललाई पनि प्राथमिकता दिने भएका छौ् ।

सो बैठकमा अन्य बिभिन्न बिषयमा छलफल भएको र छिट्टै लागु गरिने संस्थाका महासचिब लाल बहादुर क्षेत्रिले जानकारी दिएका छन् ।
उक्त बैठक संस्थाका अध्यक्ष रत्न बिकको अध्यक्षतामा र महासचिब लाल बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि संस्थाका सम्रक्षक् गोपाल कंडेलको रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *