सातजनाको हत्यामा संलग्न सकिल हुसेन कतारबाट पक्राउ !

काठमाडौं, २०७४ फागुन २० फागुन विभिन्न मितिमा सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साह समेत ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी गरिएका मो. सकिल हुसेन कतारबाट पक्राउ परेका छन् ।

हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटि आएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो ।
प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो ।
हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *