Menu

फलेवास पिप्लेमा प्यारा गलाईडिङ दुर्घटना हुदा इरानी युवती लेइला इस्लामी घाईते !

निर्मल पौडेल, पर्वत २०७४ फागुन २० । पर्वतको फलेवासमा प्यारा गलाईडिङ दुर्घटनामा एक इरानी नागरिक घाईते भएकी छन ।

पोखराको सारङकोटवाट दिउसो १ बजे प्यारा गलाईडिङ मार्फत उडेकी ३६ बर्षिया इरानी नागरिक लेइला इस्लामी, आज दिउसो फलेवास नगरपालिका ५ खानीगाउँ पिप्लेमा एक्कासी प्यारा गलाईडिङ्वाट खस्दा घाईते भएकी हुन् ।

अपरान्ह् साढे ३ वजेतिर भएको दुर्घटनामा लेइलाको देव्रे खुट्टामा चोट लागेको छ । दुर्घटना लगतै लेइलालाई स्थानियले उद्दार गरी धुलिखेल अस्पताल फलेवास स्वस्थ्य केन्द्रमा उपचारको लागि लगेका थिए । अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको अस्पतालले जनाएको छ ।

सारङकोटवाट प्यारा गलाईडिङ गरिरहेको समयम इरानी नगरिक लेइलालाई हावाले उडाएर यहाँ ल्याईपु¥याएको हुन सक्ने अनुमान गरीएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *