Menu

गल्कोट आँगाखेत वामियाको क्षतिग्रस्त तटबन्ध पुननिर्माणमा जुटदै युवाहरू !

वीर चोखाल, गल्कोट २०७४ फागुन २० । गत २ वर्ष अघि गएको बाढी र पहिरोले क्षतिग्रस्त बनेको गलकोट नगरपालिका वडा न ७ को को आँगाखेत वामिया जोडने झोलुङ्गे पुल र विद्यालयको प्राङ्गण पुनर्निर्माण हुन नसके पछि युवाहरू जनश्रमदानमा जुटेका छन ।

पुनर्निर्माणका लागि स्थानीय दीपज्योति आधारभूत विद्यालय र न्यू नवज्योति युवा क्लवले अभियान सञ्चालन गरे पनि क्षतिको मात्रा धेरै भएकोले पुनःस्थापना गर्न समस्या भएको अध्यक्ष होमबहादुर थापाले बताए। पुनर्निर्माणका लागि विभिन्न चरणमा सञ्चालन गरिएको आर्थिक अभियानमा स्थानीय व्यक्ति तथा संघसंस्था , जापान तथा अस्ट्रेलियाबाट गरि करिव ५ लाख सहयोग , गलकोट नगरपालिका बाट ३ लाख , जिल्ला भूसंरक्षण कार्यालयबाट ५० थान जाली प्राप्त भएपनि पूर्ण रूपमा पुनर्निर्माण हुन नसकेको क्लवका कोषाध्यक्ष टेकनाथ गौतमले जानकारी दिए ।

पुनर्निर्माण पूरा हुन नसकेपछि क्लवका ३८ जना सदस्यहरुले ६६हजार बराबरको जनश्रमदान गरेको उपाध्यक्ष सुरेन्द्र के सीको भनाई छ। तटबन्धको काम आँशिक रूपमा भए पनि झोलुङ्गे पुलको समस्या झन विकराल बनेको स्थानीयको भनाइ रहेको छ । तटबन्धको लागि अस्ट्रेलियाबाट सिर्जन मल्लको पहलमा १ लाख ४० हजार , जापानबाट यमबहादुर थापाको पहलमा रु २ लाख ६० हजार प्राप्त भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *