मनलाई शुद्ध राख्न सके समाजमा रहेको विभदेलाई कम गर्न सकिन्छ : प्रदेश सांसद गुरुङ

तनहुँ २०७४ फागुन २० । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यायलय भिमाद शाखाको भवन प्रिदेश सभा सांसद किरन गुरुङले शिलान्याश गरेका छन् ।

शिलान्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गुरुङले मनलाई शुद्ध राख्न सके समाजमा रहेको विभदेलाई कम गर्न सकिने बताए । ब्रह्मकुमारी ईश्वरीय विद्यालय नेपालका निर्देशक राजयोगिनी परिणीता दिदी, महासचिव शैलेषराज बराल, भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापा, राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का लगाएताका महानुभावहरुले शुभकमाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन दुलेगौंडाकी संचालिका ब्रह्माकुमारी रश्मीले गरेकी थिईन्।

विश्व विद्यालयको भवन निर्माणका लागि गंगालाल श्रेष्ठले १० आना जग्गा प्राप्त भएको छ भने तनहुँमा र पोखरामा रहेका ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका सदस्यहरु एवं अन्यहरु बाट करीब १२ लाख ७५ हजार सहयोग प्राप्त भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *