आजको तस्वीर : नौलोपन ।

बागलुङ २०७४ फागुन २० । बागलुङमा मगर दिवस सम्पन्न भएको धेरै दिन भएको छैन । ३६ औँ मगर दिवसमा मगर समुदायले निकै उत्साहजनकरुपमा सहभागिता जनाए । मगर समुदायको पारम्परिक भेषभुषा र पहिरनमा सजिएका युवा युवतीहरुको आकर्षक जुलुस अहिले पनि स्मृतिपटलमा रहेको छ ।

यसपालीको जुलुसमा सहभागी युवायुवतीहरु मध्य केहिको पहिरन र श्रृंगारमा अलिकता चर्कोपन देखियो भनेर टिप्पणी गर्न, गर्न खोज्नेहरुलाई जवाफ दिँदै एक दर्शकले भने, यसलाई उत्ताउलो भन्न मिल्दैन, यो त पारम्परिक पहिरनमा स्वाभाविक हिसावले आएको नौलोपन हो ।

अर्कामित्रले भने, यो परिवर्तित समयसँगै आएको परिवर्तन हो । अन्यथा लिनु हुँदैन ।

तस्वीर सौजन्य: विजय राना, पत्रकार ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *