म्याग्दीमा तीन आवमा भएका सवारी दुर्घटनामा ४१ जनाको मृत्यु, १३३ जना घाइते !

म्याग्दी २०७४ फागुन २० । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तथ्याकं अनुृसार बिगत तिन आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ४१ जनाको मत्यु भएको छ ।

आथिर्क बर्ष ०७१/७२ मा भएको १९ ओटा सवारी दुर्घटनामा २० जनाको ज्यान गएको थियो जसमा १७ पुरुष ३ महला परेका थिए । दुर्घटनामा ३५ जना घाईते भएका थिए । यसैगरी आर्थिक बर्ष ०७२/०७३ मा भएका ८ ओटा सवारी दुर्घटनाबाट ३ पुरुष, ४ महिला, ३ बालक र १ बालिका सहित ११ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए ।

आर्थिक बर्ष २०७३/०७४ मा भएका ११ सवारी दुर्घटनामा ५ पुरुष १ महिलाले ज्यान गएको छ । दुर्घटनामा ५२ जना घाईते भएका थिए ।
चालु आर्थिक बर्षमा भएको चार सवारी दुर्घटनामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *