पालिका स्तरीय ग्रामीण नमुना कृषक सञ्जाल गठन

झरना कँडेल,बुर्तिबाङ २०७४ फागुन २० । युएस एआईडी सु आहारा दोस्रो कार्यक्रम अन्तर्गत पालिका स्तरीय ग्रामीण नमुना कृषक सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिकाका अगुवा कृषक हिरा बहादुर पुनको सभापतित्वमा भएको सो कार्यक्रममा ढोरपाटन नगरपालिकाको मन कुमारी छन्त्यालको अध्यक्षतामा ५ सदस्यीय र निसीखोला गाउँपालिकाकी राधिका शर्माको अध्यक्षतामा ९ सदस्यीय पालिका स्तरीय ग्रामीण नमुना कृषक सञ्जाल गठन गरिएको छ ।

सो अबसरमा सुआहारा कार्यक्रमका एच एफ पी मार्केटीङ अफीसर गुण कुमार श्रेष्ठले सुधारिएको करेसाबारीको महत्व तथा महिला र बालबालिकाको पोषणको महत्व लगायत कार्यक्रमबारे प्रकाश पारेका थिए ।

सुआहारा कार्यक्रम दोस्रो परियोजना अन्तर्गत निसीखोला गाउँपालिकाका फिल्ड सुपरभाईजर बेली कुमारी भुजेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिकाका फिल्ड सुपरभाईजर सन्तोष रिजालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *