एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगरको बिस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न

बिमल खड्का, बुर्तिवाङ २०७४ फागुन १९। एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगरपालिका स्तरिय बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ । समाजवादी शिक्षा नीति , समाजवादी क्रान्तिको आधार , ट्रेड युनियन अधिकार , बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक सम्पन्न भएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगरपालिकाको आयोजनामा शिक्षकका पेशागत हक हित तथा शिक्षण पेशामा कसरी गुणात्मक बिकास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण समेत भएको थियो ।

कार्यक्रममा वोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिका नव नियुक्त अध्यक्ष नगेन्द्र खरेलले शिक्षकलाई जागरुक बनाई संगठनका सदस्यहरुलाई जिम्मेवार बोध हुने काम गर्नेु पर्ने बताए ।थप बोल्दै अध्यक्ष खरेलले शिक्षकहरुका पेशा गत हक हितका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठन दृढता पुर्बक लाग्ने बताएका छन ।

शिक्षकहरुका पेशागत समस्याहरुलाई संकलन गरि जिल्ला समन्वयले त्यसको निराकरण गर्ने भन्दै निजि तथा राहात शिक्षकहरुका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम अर्याल माओवाली केन्द्र ढोरपाटन नगरपालिका संयोजक चन्द्रलाल अर्याल एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष जित बहादुर थापा सदस्य निम बहादुर कायत निसिखोला गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कुविर विक उत्तरगंगा मावि स्रोतकेन्द्रका स्रोत व्याक्ति हरिचन पाण्डे संगठनका सल्लाहाकार कुलपति सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।

सो अवसरमा ढोरपाटन नगरपालिका स्तरिय संसोधित समितिको नयाँ संसोधित विधान अनुसार रिक्त पद पुर्ति गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा थमनाथ पौडेल महिला उपाध्यक्षमा कोपिला केसी सचिवमा नरिश्वर पाण्डे रहनुभएको छ भने नगरपालिकाकाका ९ वटै वडाका संयोजक तोकिएको छ ।
जसअनुसार वडा नम्बर १ को संयोजकमा नरिश्वर पाण्डे २ मा कोपिला केसी ३ मा धन बहादुर कार्की ४ को संयोजकमा निलकुमारी शिर्पाली ५र ६मा थमनाथ पौडेल ७ मा निम बहादुर कायत ८मा देव बहादुर सुनार र ९ को संयोजकमा केशमान सुनार रहनु भएको छ । यस्तै कला साहित्य तर्फ ढालकुमारी पाण्डे सुचना प्रविधि संयोजकमा प्रदिप भुषाल सल्लाहाकारमा कमल भुषाल रहनु भएको छ ।

कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगरपालिका संयोजक शिवलाल सुवेदीको अध्यक्षता उपाध्यक्ष देव बहादुर सुनारको स्वागत मन्तव्य र सदस्य नरिश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । साथै नवनियुक्त सदस्यहरुले आजै सपथ लिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *