अभियान सहकारीमा सहकारी ऐन र सम्पत्ती सुद्धिकरण सम्बन्धी कार्यक्रम

बागलुङ, २०७४ फागुन १९ । अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा संस्थाका सञ्चालक, सल्लाहकार लगायत विभिन्न उपसमितिका सदस्य र कर्मचारीहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

सहकारी ऐन २०७४ र सहकारी संस्थाहरुलाई जारी भएको सम्पत्ती सुद्धिकरण सम्बन्धी निर्देशिका २०७४ सम्बन्धमा सञ्चालक र कर्मचारीलाई जानकारी दिई संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सहकारी ऐन २०४८ लाई खारेज गरी बनेको सहकारी ऐन २०७४ ले सहकारी सञ्चालनका लागि गरेको व्यवस्थाहरु बारेमा सञ्चालक शेयर सदस्य र कर्र्मचारीलाई जानकारी गराउदा थप प्रभावकारी बनाउन सकिने लक्ष्य लिइएको छ ।

कार्यक्रममा सहकारी ऐन २०७४ का बारेमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई व्यवसायिक र व्यवस्थित गराउनका लागि ऐन नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सहकारी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरी राज्यले लिएको तीन खम्बे अर्थनीति सफल पार्नका लागि सबै सहकारीहरु व्यवसायिक र उदेश्य केन्द्रीत हुनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सम्पत्ती सुद्धिकरणका विषयमा सहजीकरण गर्दै अधिवक्ता राजु गौतमले सहकारी क्षेत्रलाई पारदर्शी र व्यवस्थित गराउनका लागि सम्पत्ती सुद्धिकरण निर्देशिका सहयोगी हुने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाको वर्तमान अवस्था, आगामी कार्ययोजना लगायतका विषयमा संस्थका पूर्व अध्यक्ष बाबुराज कार्कीले र कार्यक्रमको औचित्यका बारेका कोषाध्यक्ष गणेश जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष देवी शर्माको अध्यक्षता, उपाध्यक्ष निर्मला केसीको स्वागत र सचिव प्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *