Menu

मध्य पहाडी लोकमार्गको धुलाम्मे भाग असार मसान्त सम्ममा पीच गरिने !

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन १९ । मध्यपहाडी लोकमार्ग अन्र्तगत बडीगाड गाउपालिकाको ठुलीबेसी देखी बुर्तिबाङ सम्मको लोकमार्ग पीच हुने भएको छ । बागलुङ देखी बुर्तिबाङ सम्मको धुलाम्मे बाटो अब यहि असार मसान्त भीत्रै पीच गरीने मध्यपहाडी लोकमार्ग आयोजना तुल्सीपुर दाङका प्रोजेक्ट म्यानेजर सूर्य भाटले बताए ।

प्रोजेक्टको निरीक्षण तथा अनुगमन गर्ने क्रममा ढोरपाटन नगरपालिका बुर्तिवाङ आईपुगेका प्रोजेक्ट म्यानेजर भाटले नगरप्रमुख देबकुमार नेपालीले गरेको स्वागत तथा सम्मान कार्यक्रमके प्रत्युत्तरमा यस्तो बताएका हुन् ।

उनले मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ स्थित लक्ष्मीकुण्ड घाट र सेराफाँटको मोटरेबल पुलको पनि यथाशीघ्र पेयर खडा गर्ने बताए । करीब २० करोड को लागत स्टस्मेट गरीएको लोकमार्गको दिवा कन्सट्रक्सनले जिम्मा लिएकोे जानकारी दिँदै भाटले काममा ढीला सुस्ती भएको स्थानका ठेकेदारलाई बोलाएर यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिने प्रबितद्धता समेत जनाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *