Menu

प्रवास : युएईमा भद्रपुरकामा केशवको उपचारार्थ युएईमा सहयोग अभियान

खिमलाल पाण्डे, युएई, २०७४ फागुन १९ । सवारी दुर्घट्ना परि गम्भिर घाइते भएका झापा भद्रपुर नगरपालिका निवासी केशव अधिकारीको उपचारमा सहयोगार्थ युएईमा आर्थिक सहयोग अभियान चलाईएको छ।

गैर आवासीय नेपाली संघ युएईका केन्द्रिय सदस्य जीवन दासको नेतृत्वमा सहयोग अभियान चलाइएको हो।गत माघ २१ गते मोटरसाइकल दुर्घटनामा परि श्रीमती इन्द्रिरा अधिकारी र उनी घाइते भएका थिए।उपचारका क्रममा श्रीमतीको निधन भएको थियो भने केशव हालपनि भारतको सिलगढीमा उपचार गराई रहेका छन्। तर उनको उपचारमा अहिले आर्थिक समस्या भएपछि थप जटिल बनेकाले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।

परिवारको आग्रहमा उनको उपचारमा सहयोग जुटाउन युएईमा पनि अभियान थालिएको दासले बताए।उनको उपचारमा हाल सम्म १० लाख भारतीय रुपयाँ खर्च भइसकेको परिवारले जनाएको छ।

१५ लाख नेपाली रुपयाँ खर्च गर्दा समेत श्रीमतीलाई भने बचाउन नसकिएको केशवका आफ्नतले दुखेसो गरे।उनको उपचारार्थ चलाइएको सहयोग अभियानमा आर्थिक सहयोग गरिदिन युएईमा रहेका सामाजिक संघसंस्था, राजनैतीक दलका भातृ संगठन र नेपालीहरुमा अपिल गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *