श्रीमान अपाङ्ग भएपछी श्रीमती टाप, गमबहादुरको अवस्था कारुणीक !

प्रेमसुनार, गुल्मी, २०७४ फागन १८ । स्वार्थी यो दुनियाँमा पाखुरो नै प्यारो हुँदो रहेछ भन्ने गुल्मीको सदरमुकाम तम्घासमा एक पुरुषको कारुणीक अवस्था देख्दा महशुस हुन्छ । भण्डै १५ वर्ष देखि सदरमुकाम तम्घासमा होटलका एउटा दक्ष कुक हुन गुल्मी अर्लाङ्गकोटका गमबहादुर खत्री । उनले तम्घासका विभिन्न होटलहरुमा कुक काम गरेर पाँच सन्तानलाई हुर्काएका थिए ।

श्रीमतीले पनि त्यति कै मजदुरी गर्दै थिईन । यतिकैमा गत जेठ १५ गते साँझ तम्घासको पुरानो वसपार्कको गौँडो ओर्लिने क्रममा गमबहादुर लडेर दायाँ खुट्टा खुस्कीन पुग्यो । उनि अपाङ्ग भए । काम गर्न नसके पछि विहान वेलुकीको गुजरा चलाउन समेत मुस्किल प-यो ।

खुस्किएको खुट्टाको उपचार गर्न नसकेर मोटा–घाटा गमबहादुर दुव्लाउँदै गए । टिठ लाग्दो चेहरामा उनि सडकमा चन्दा माग्ने सम्मको बन्दै गए । यहि क्रममा गत २० दिन अघि देखि उनकी श्रीमती कोठाबाट हिडेकी छन् । उनी कहाँ पुगिन भन्ने कुरा कसैलाई अत्तोपत्तो छैन ।
जिल्ला प्रहरी कार्यालय अगाडी सडकमा रुन्चे अनुहारमा खुट्टा दुखेर ऐया.. ऐया.. गरिरहेका गमबहादुरको उद्धारका लागि त्यही अगाडी चिया पसल गर्ने विष्णुबहादुर चन्दले अँस्ती देखि त्यहाँका प्रहरीहरु संग चन्दा संकलन गर्न सुरु गरे ।

अन्तत ः प्रहरीहरुकै सहयोगमा १० हजार संकलन गरी उनको उपचारका लागि पाल्पा मिशन अस्पतालमा पठाईएको छ । सो रकमले उनको उपचार सम्भव छैन , सहयोगी चन्द भन्छन् उनको डेढ दुई लाख हुने हो भने उनको खुट्टा ठिक हुन्छ कृपया सञ्चार माध्यममा सहयोगको अपिल राखेर त्यति रकम जुटाई दिनु प-यो ।
उनका अनुसार गमबहादुरका अरु सन्तान काम गरेर खान सक्ने भए पनि कोठामा रहेका कान्छो सन्तानको विचल्ली भएको छ । निष्ठुरी श्रीमतीले उनको पाखुरो बलियो होउञ्जेल सम्म मायाँ दिईन , अहिले जुन वेला माया र स्याहार सुसारको जरुरत छ यहि वेलामा छाडेर कहाँ गईन थाह छैन । हुर्केका सन्तानहरुले पनि वास्ता नगर्ने गरेको चन्द बताउँ छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले मिशन अस्पताललाई विपन्न वर्गलाई गरिने सहुलियत उनलाई पनि गरी दिन सिफारिस पत्र दिएका छन् । उनले पनि सवै संग सहयोगको अपिल गरेका छन् । उनलाई जे जति सहयोग गर्न चाहने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चिया पसले विष्णुबहादुर चन्दको मोवाईल नम्वर९८४१७०५८५३ मा सम्पर्क राख्नु होला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *