घुम्टे युवा परिवार मल्मको ३३ औं वार्षिकोत्सब तथा होली पुर्णिमा मेला सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ फागुन १८ । गल्कोट घुम्टे युवा परिवार गल्कोट नगरपालिका वाड नम्बर ७ मल्म बागलुङको ३३ औं वार्षिकोत्सब तथा होली पुर्णिमा मेला बिहीवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद देबेन्द्र पौडेलले होली रङहरूको पर्व भएकोले एक आपसमा प्रेम र सद्भाव बाडेर शान्त र सौहार्दपुर्ण वातावरण मनाउनु पर्ने बताए । उनले घुम्टे युवा परिवार जिल्लाकै पहिलो क्लव भएकोले सामाजिक कार्यतर्फ अग्रसर हुनुपर्ने सल्लाह पनि दिए । पौडेलले घुम्टे युवा परिवारको खेलमैदान र कर्वड हल निर्माण गरिदिने प्रतिबद्धता समेत व्यत्तm गरेका थिए ।

होली पर्वको अवसरमा आयोजना गरिएको खुल्ला सामुहिक नृत्य प्रतियोगितामा ११ समुहको सहभागीता रहेकोमा न्यु लाईफ आवसीय मा।वि प्रथम, हरिचौर द्वितीय र गलकोट मा।वि तृतिय भएका छन् ।

त्यस्तै नयाँ संरचना अनुसारको खुल्ला वडा स्तरिय पुरूष भलिबल प्रतियोगितामा नगद रु ५० हजार हात पार्दै घुम्टे युवा परिवार आयोजक समुह ए प्रथम र रु ३० हजार हात पार्दै केसी निर्माण सेवा हरिचौर द्वितीय भएका छन ।

कार्यक्रममा चर्चित कलाकारहरु विष्णु खत्री, वसन्त थापा, जुना श्रीस राम खत्री लगायतको साँगितिक प्रस्तुति रहेको थियो । कार्यक्रमको अवसरमा जेष्ठ नागरिक, सहयोगदाता, भुपु खेलाडीहरु, समाजसेवी, कलाकार, पत्रकार, लगायतलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता उपाध्यक्ष जीवन साहानीको स्वागत र सचिव सावित्री थापा र पत्रकार सरिता खत्रिको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *