Menu

होलीको अवसरमा मापसे गरी अवाञ्छित गतिविधि गर्नेहरु पक्राउ

बागलुङ २०७४ फागुन १७ । रंगहरुको पर्व फागु (होली)मा बागलुङमा कुनै अप्रिय घटना घटेको समाचार प्राप्त भएको छैन । जिल्लाको अन्य भागहरुमा पनि कुनै अपिैय घटना नघटेको श्रोतले बतायो ।

उता राजधानी काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा होली पर्वको अबसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायतका अबाञ्छित गतिविधिमा संलग्न काठमाडौँबाट १ सय ६० जना, ललितपुरबाट ३ जना र भक्तपुरबाट ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ सय २३ मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *