Menu

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला तथा बैठक सम्पन्न

इन्द्रलाल रेग्मी, २०७४ फागुन १७ । बागलुङ जिल्लाको निसीखोला गाउँ पालिकामा आज झिवाखोला स्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनको बैठक तथा भेला सम्पन्न भएको छ । भेलामा एकीकृत अखिल नेपाल शिक्षक सङठनका अध्यक्ष हुतराज भुषालको अध्यक्षता एबम एकीकृत अखिल नेपाल शिक्षक सङगठनका बागलुङ जिल्ला अध्यक्ष नरेन्द्र खरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

भेलामा निसीखोला गाउँ पालिकाका माओवादी केन्द्रका अध्यक्ष प्रेम बहादुर घर्ती मगर, सोही गाउँ पालिकाका माओबादी केन्द्रका सचिब उमानन्द रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

भेलाले एकीकृत अखिल नेपाल शिक्षक सङ्ठन सचिवालय समिती समेत गठन गरेको छ । जसको अध्यक्षमा हुत राज भुषाल ,वरिष्ठ उपाध्यक्षमा पुर्ण प्रसाद सापकोटा ,महिला उपाध्यक्षमा श्यामकुमारि पुन मगर ,उपाध्यक्षमा उमानन्द रेग्मी ,सचिबमा कृष्ण प्रसाद शाही, अर्थ सचिबमा इन्द्रलाल रेग्मी ,सहसचिवमा दिपक जैसी रहेका छन्।

सोही अबसरमा निसीखोला गाउँपालिका वडा सयोजक समिती पनि गठन भएको थियो । वडा नम्बर (१ को सयोजकमा पन्चवीर घर्ती मगर,वडा नम्बर (२ को सयोजक देब बहादुर कुवर,वडा नम्बर(३को सयोजकमा कृष्ण बहादुर शाही ,वडा नम्बर(४को सयोजकमा इन्द्रलाल रेग्मी ,वडा नम्बर (५को सयोजाकमा हिरादेबी घर्ती मगर ,वडा नम्बर(६को सयोजकमा हुतराज भुषाल,वडा नम्बर(७को सयोजकमा लिला कुमारि खरेल चयन गरिएको थियो । भेलाको सन्चालन भने अखिल नेपाल शिक्षक सङगठनका सचिब इन्द्रलाल रेग्मीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *