Menu

ताराखोला स्रोत केन्द्रको आयोजनामा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७४ फागुन १६ । ताराखोला स्रोत केन्द्रको आयोजनामा प्रतिभा पहिचान अन्तरगत आज बिबिध कार्यक्रम सम्पन्न भएका छन । गाउपालिकाको केन्द्र अर्गल भातखाने डाँँडामा आज सम्पन्न २२ बिद्यालयको सहभागीता रहेको अन्तर प्रा बि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बराह खोला आधारभूत बिद्यालय हिल प्रथम,मालारानी आधारभुत बिद्यालय तारा व्दितीय र युवा बर्ष प्रा बि तारा तृतीय भएका छ्न ।

यसैगरी आधारभुत तहको चित्रकला प्रतियोगितामा दुर्गा भवानी मा बि ताराका लोक बहादुर दर्जी प्रथम, अर्गल मा बि अर्गलका हेनिस थापा व्दितिय र जन प्रेम मा बि भुस्कातका उपना घर्ती तृतीय स्थान हासिल गरेका छ्न ।

त्यस्तै माध्यमिक तहको वैदेशिक रोजगार भन्दा राष्ट्र सेवा बेश बिषयक बादबिबाद प्रतियोगितामा हरि मा बि हिलका शान्त खत्री प्रथम , नेपाल मा बि ताराका केशव गैरे व्दितिय र प्रजातन्त्र बिकास मा बि माझखर्कका लक्ष्मण गैरे तृतीय भएका छन ।

मा बि तहकै सामुहिक लोक नृत्य प्रतियोगितामा जनप्रेम मा बि भुस्कात प्रथम, दुर्गा भवानी मा बि तारा व्दितिय र प्रजातन्त्र मा बि अ्मरभुमी माझखर्क तृतीय भएका छन । कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले बिद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाइ पढाई संगै ब्यक्तित्व बिकास तथा अतिरिक्त कृयाकलाप तर्फ प्रेरित गर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोप लाल भुषाल , शिक्षा शाखा प्रमुख दिपक सुबेदी , स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम स्रोत केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष दिवस खत्रीको अध्यक्षता, अर्गल मा बि का प्र अ गणेश बहादुर घर्तीको स्वागत र नेपाल माबि ताराका शिक्षक राम लाल सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *