सञ्चारकर्मी हमाल दम्पतीद्वारा छोराको नाममा जनचेतना प्राविमा अक्षयकोषको स्थापना !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन १६ । निसीखोला गाउँपालिका—४, ओख्रेनीमा रहेको जनचेतना प्राथमिक विद्यालयमा आज सञ्चारकर्मी मिलन हमाल दम्पतीले अक्षय कोषको स्थापना गरेकाछन । विद्यालयको ३३ औँ बार्षिक उत्सवको अवसर पारेर सञ्चारकर्मी हमाल र उाकी धर्मपत्नी बिन्दु हमालले छोरा सञ्जय हमालको नाममा २५ हजार बराबरको अक्षयकोषको स्थापना गरेको हो ।

हमाल नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । त्यस्तै, उनी सामुदायिक रेडियो परिवर्तनमा स्थापना कालदेखि नै संबाददाताको रुपमा सक्रिय छन् । अक्षयकोषबाट हरेक बर्ष विद्यालयको बार्षिकोत्सवको अवसर पारेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरीका सामाग्रीहरु उपलब्ध गराइने बिन्दु हमालले बताईन् ।

त्यस्तै, बार्षिकोत्सवको अवसर पारेर गत बर्षको बार्षिक उत्सवमा रामप्रसाद आचार्य, चन्द्रलाल अर्याल र छविलाल पाण्डे(गाकर्ण)ले स्थापना गरेको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई स्टेशनरी, झोला तथा जुत्ता वितरण गरिएको थियो ।

गुणस्तरीय शिक्षामा दिगोपन र स्थीरता ः बालमैत्री शिक्षा, हराभरा विद्यालय हाम्रो प्रतिवद्धता भन्ने नाराको साथमा विद्यालयले आयोजना गरेको अन्तर प्रावि स्तरीय लोक नृत्य प्रतियोगिताको समेत आयोजना गरेको थियो । ७ विद्यालय सहभागी प्रतियोगितामा प्रभा मावि प्रथम, बोहरागाउँ प्रावि द्धितीय, जनमुक्ति प्रावि वडाचौर तृतीय र जनजिवराज सुशिला माविले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

त्यस्तै, साविक बोहरागाउँ गाविस वडा न.. ८ का २ जना जेष्ठ नागरिकहरुलाई पनि विद्यालयले सम्मान गरेको छ । स्थानीय जेष्ठ नागरिकहरु सबिर पुन र गनि पुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । उता, विद्यालयको आर्थिक अभियानमा सक्रीय भूमिका निर्वाह गर्ने चँुडामणी भट्राई र महेन्द्र प्रसाद कँडेललाई पनि विद्यालयले सम्मान गरेको छ ।

त्यस्तै बार्षिक उत्सवको अवसर पारेर विद्यालयका प्रध्यानाध्यापक लक्ष्मण सापकोटाले आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयको आय २४ लाख ४१ हजार ८०३. ७ पैसा र व्यय १५ लाख ९१ हजार ६१३. ५० पैसा रहेको छ ।

बार्षिकोत्सवको अवसरमा वडा नं. ४ का वडा सदस्य मनप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, ज्योती आधारभूत विद्यालय थापागाउँका शिक्षक थानबहादुर नेपाली, प्रभा माविका शिक्षक भुमिराज आचार्य, सामुदायिक रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकिश्वर भुषालको अध्यक्षता, विद्यालयका शिक्षक रामप्रसाद पौडेलको स्वागत मन्तव्य र सञ्चारकर्मी मिलन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *