Menu

दशौँ पश्चिमाञ्चल महिला महोत्सव उद्घाटन गर्दै प्रचण्डले भने, ‘अब महिलाहरुलाई प्रत्यक्षतर्फ बढी !’

महेन्द्र केसी, पर्वत २०७४ फागुन १६ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि दुई तिहाईको सरकार बनाउन लागेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पर्वतको सदरमुकाम कुस्माबजारमा आज देखी शुरु भएको दशौँ पश्चिमाञ्चल महिला महोत्सव तथा सामुदायिक रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षिकोत्सव समारोहको उद्रघाटन गर्दै अवसरमा यस्तो बताएका हुन् ।

सो अवसरमा उनले स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुई तिहाइस्को सरकार बनाउनको लागि प्रतिबद्ध भएर लागेको बताए ।

महिलाहरुलाई प्रत्यक्षतर्फ कम भएको तर अबका दिनमा नहुने उनको प्रतिबद्धता थियो । प्रचण्डले महिलाहरुलाई अब समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी गर्दै लैजाने आफूहरुको मनाशय रहेकोपनि खुलासा गरे ।

उनले बहुमतको यो सरकारले महिलाहरुलाई अगाडी बढाउनको लागि प्रतिबद्ध रहेको पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *